न्याय परिषदले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिका निरौलालाई बर्खास्त गर्न सिफारिस गरेको छ।
आज बसेको परिषद बैठकले उनीहरूलाई बर्खास्त गर्न प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेको परिषदका प्रवक्ता अशोक क्षेत्रीले जानकारी दिए।
‘न्याय परिषद ऐनमा पहिला सचेत गराइएका न्यायाधीशहरूले फेरि कार्यक्षमता नसुधारे वा आचरण विपरित काम गरेमा बर्खास्त गर्न सक्ने व्यवस्था छ।
उक्त ऐनको दफा १४ उपदफा २ मा भनिएको छ( सचेत गराउँदा पनि सुधार नभएमा खराब आचरण वा आचारसंहिताको गम्भीर उल्लंघन गरेमा त्यस्तो न्यायाधीश उपर न्याय परिषदले संविधानको धारा १४२ को उपधारा (१) को खण्ड (ग) वा धारा १४९ को उपधारा (६) को खण्ड (ग) बमोजिम कारबाही गर्नु पर्नेछ।
यस्तै बैठकले काठमाडौं जिल्ला राजकुमार कोइरालालाई अनुगमन निगरानीमा रहने गरी सचेत गराइएको छ। उनलाई महोत्तरी सरूवा गर्ने निर्णय समेत गरेको छ ।