नेपालको ब्याटिङ लाईनमा अझै सुधार भएन, नेदरल्याण्डस् बिरुद्ध १७२ रनमा अलआउट

नेपालको ब्याटिङ लाईनमा अझै सुधार भएन, नेदरल्याण्डस् बिरुद्ध १७२ रनमा अलआउट

  • आइतवार, फाल्गुन १३, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी खेलमा नेपालले नेदरल्याण्डलाई १७३ रनको लक्ष्य दिएको छ। काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ४९।३ ओभरमा नेपालले १७२ रन बनाएर अलआउट भएको हो।

नेपालका इनिङ सम्हालेर ब्याटिङ गरिरहँदा कुशल भुर्तेल ६६ रन बनाएर आउट हुँदा नेपालको ब्याटिङ धरमराएको थियो। इनिङको अन्त्यमा करण केसी र आरिफ शेखले नेपाली इनिङ उकास्न खोजेपनि अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। करण केसीले २६ रन बनाएर आउट हुँदा आरिफ शेखले २२ रन बनाए। आरिफले १ चौका तथा करणले १ चौका र २ छक्का प्रहार गरे।

भुर्तेलले ९३ बल खेल्दा ८ चौका प्रहार गरे। नेपालका लागि आशिफ शेखले १७, कप्तान रोहित पौडेलले १६ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। आशिफले २ चौका र १ छक्का तथा रोहितले २ चौका प्रहार गरे। अनिल साहले १ छक्का प्रहार गर्नबाहेक अन्य खेलाडीले बाउन्ड्रि प्रहार गर्न सकेनन्।

नेदरल्याण्डका लागि भिभियन किङ्मा र आर्यन दत्तले ३–३ विकेट तथा बस डिलिडेले २ विकेट र भानडर मेर्वेले १ विकेट लिए।

यसअघिको खेलमा नेपालले नेदरल्याण्डलाई ९ विकेटले पराजित गरेको थियो भने नामिबियासँग दुवै खेलमा पराजय बेहोरेको छ। जारी त्रिकोणात्मक सिरिजको यो अन्तिम खेलको हो। लिग टुमा नामिबिया ४ मध्ये ३ खेल जित्दै शीर्ष स्थानमा छ भने नेपाल र नेदरल्याण्ड १–१ खेल जितेर क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ