आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज नेपालले नेदरल्यान्ड्ससँग पनि नेपालको ब्याटिङ अर्डर संघर्षरत छ ।
नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ थालेको थियो । १३ ओभर भित्र नेपालले तीन विकेट गुमाएको छ ।
ओपनर आशिफ शेख १७ रन बनाएर आउट भएका छन् । २७ बल खेलेका उनले एक छक्का र २ चौका प्रहार गरे ।
त्यसपछि आएका अनील शाह पनि किग्माकै बलमा ७ रनमा बोल्ड आउट भएका हुन ् । त्यसपछि अ र्का भरपर्दा अलराउण्डर कसुल मल्ल पनि दुई रनमै आर्यन दत्तको बलमा आउट भएपछि नेपाल दबाबमा आएको छ । नेपालको अहिले सम्म १४ औँ ओभरमा ३ विकेट गुमाएर ५४ रन मात्र जोडेको छ ।
आजको खेलमा नेपालले दुई परिवर्तन गरेको छ। नेपाली टिममा आरिफ शेख र गुल्सन झा खेल्दैछन्। देव खनाल र सोमपाल कामी बाहिरिएका छन्।
पहिलो सिरिजको तीन खेल खेलिसक्दा नेपालले १ जित र दुई हार ब्यहोरेको छ। नेपाल नामिबियासँग भएको दुबै खेलमा पराजित भएको थियो भने नेदरल्याण्ड्सविरूद्ध भने ९ विकेटको सानदार जित निकालेको थियो।
नेपालविरूद्ध २ र नेदरल्याण्ड्सविरूद्ध एक खेलमा जित निकालेको नामिबिया ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। एक जित निकालेको नेपाल र नेदरल्याण्ड्स २–२ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन्।