नेपाल समुह बिजेता बन्दै वाफ महिला च्याम्पियनसिपको सेमिफाईनलमा

नेपाल समुह बिजेता बन्दै वाफ महिला च्याम्पियनसिपको सेमिफाईनलमा

  • आइतवार, फाल्गुन १३, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

राष्ट्रिय महिला फुटबल टोली समूह बीको विजेता बन्दै वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

यसअघि नै लगातार दुई खेल जितेर सेमिफाइनल पुगेको नेपाली टोली शनिबार प्यालेस्टाइनलाई हराउँदै समूह विजेताको हैसियतमा अन्तिम चारमा पुगेको हो। नेपालले अब सेमिफाइनलमा समूह एको उपविजेता लेबनानसँग खेल्नेछ।

नेपालसँग हारे पनि प्यालेस्टाइन पनि समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ। प्यालेस्टाइनले भने समूह एको विजेता जोर्डनसँग खेल्नेछ। शनिबार राति साउदी अरबको किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा भएको खेलमा नेपालले प्यालेस्टाइनलाई ४–० फराकिलो गोल अन्तरले हराएको हो।

नेपालको जितमा सावित्रा भण्डारीले दुई तथा रेखा पौडेल र गीता रानाले समान एक गोल गरे। पहिलो हाफको ४१औँ मिनेटमा सावित्रा भण्डारी साम्बाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिइन्। अन्तर्राष्ट्रिय खेलमा साम्बाको यो ५१औँ गोल हो। साम्बाले डिफेन्डर गीता रानाको लामो प्रहार प्यालेस्टाइन डिफेन्डरको मिस पासमा अनिता बस्नेतको पासमा साम्बाले किपर बिट भएको मौकामा उनलाई छलाउँदै गोल गरेकी थिइन्।

पहिलो हाफमा १–० ले अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप ३ गोल गर्‍यो। खेलको ६०औँ मिनेटमा रेखा पौडेलको गोलमा नेपालले अग्रता दोब्बर पार्‍यो। साम्बाले प्यालेस्टाइनका दुई डिफेन्डर बिट गर्दै गरेको प्रहार पहिलो बारमा लाग्दै फर्किएको बललाई रेखाले पोस्टको जाली चुमाएकी थिइन्।

खेलको ७९औँ मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरिन्। खेलको इन्ज्युरी समयमा नेपालले पेनाल्टी मौका पायो। जसमा गीताले गोल गर्न सफल भईन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ