प्रसूति गृहबाट हराएको शिशु भक्तपुरको काँडाघारीमा फेला, तीन जना पक्राउ

प्रसूति गृहबाट हराएको शिशु भक्तपुरको काँडाघारीमा फेला, तीन जना पक्राउ

  • शनिबार, फाल्गुन १२, २०८०
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

काठमाडौँ, १२ फागुन : काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको नवजात शिशु (बालिका) फेला परेको छ ।

उक्त अस्पतालबाट शुक्रबार हराएको शिशु भक्तपुरको काँडाघारीमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

“हराएको नवजात शिशु भक्तपुरको काँडाघारीमा फेला परेको छ”, उहाँले भन्नुभयो, “बच्चा लिएर जाने महिलालाई पक्राउ गरेका छौँ ।”

काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–३ घर भई हाल काठमाडौँको कपन बस्दै आएकी २२ वर्षीया सविना श्रेष्ठले शुक्रबार दिउँसो प्रसूति गृहबाट आफ्नो २६ दिनको शिशु चोरी भएको भन्दै प्रहरीलाई मौखिक सूचना दिएपछि प्रहरीले खोजीकार्य सुरु गरेको थियो ।

चोरी भएको शिशुसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार दैलेख नौमुले गाउँपालिका–१, घर भई काठमाडौँ, काँडाघारी बस्ने वर्ष २४ की मनकुमारी सिंहसहित उनका श्रीमान् र दिदीलाई पक्राउ गरिएको हो।

घटना अनुसन्धानका लागि उनका श्रीमान् २८ वर्षीय नरेन्द्र मल्ल र दिदी शारदा शाहीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी