मिटरब्याज पीडितले भृकुटीमण्डपको ताला फोडे

मिटरब्याज पीडितले भृकुटीमण्डपको ताला फोडे

  • शुक्रबार, फाल्गुन ११, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं । मिटरब्याज पीडितहरूले थानकोट-सिंहदरवार पैदल मार्चपास गरेका छन्। पूर्व मेचीदेखि पश्चिम महाकालीबाट पैदल यात्रा गर्दै केन्द्रीय राजधानी आइपुगेका उनीहरूले सरकारसँग न्याय माग गरेका छन्।

मिटरब्याजी साहुबाट अन्याय सहँदै आएका उनीहरूले कानुन संशोधनको मागसमेत गरेका छन्। सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि जाँचबुझ आयोग गठन गरे पनि त्यसले न्याय दिन नसकेको उनीहरुको भनाई छ ।

सिंहदरवारसम्म पैदल मार्चपास गर्ने योजना बुनेर आएका उनीहरू शुक्रबार भृकुटीमण्डमै रोकिएका थिए। प्रहरीले निषेधित क्षेत्र भन्दै त्यहाँबाट अगाडि बढ्न दिएन। केहीबेर सडकमै बसेर नाराबाजी गरेका उनीहरू साँझ भृकुटिमण्डस्थित प्रदर्शनी हलको ताला फोडेका छन्। सुरक्षित रात कटाउनुपर्ने माग गरे पनि प्रशासनले नसुनेपछि ताला फोडेर बसेको पीडितहरूले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ