काठमाडौं । जे. भि. फाउन्डेसनले जाजरकोटका भुकम्प पिडित महिलाको लागि पन्ध्र हजार कार्टुन सेनिटरी प्याड प्रदान गरेको छ । वि.सं. २०८० साल कार्तिक १७ गते जाजरकोट केन्द्र बिन्दु भएर गएको भुकम्पका पिडितहरु मध्ये महिलाहरुलाई महिनावारी हुदा प्रयोग हुने सेनिटरी प्याड टावल पन्ध्र हजार कार्टुन संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति मार्फत प्रदान गरिएको हो ।
विपद्को समयमा महिलाको स्वास्थ्यमाथि मध्यनजर गर्दै फाउन्डेसनले दिईएको उक्त सेनिटरी प्याड फाउन्डेसनका केन्द्रिय अध्यक्ष राष्ट्रिय समाजसेवी प्रा.डा. जगदिश वैद्यले समितिका सभापति भानुभक्त जोशीलाई हस्तान्तरण गर्नुभएको थियो । फाउन्डेसनले सेनिटरी प्याडसहित जुत्ता एक हजार जोर, त्रिपाल पाँच हजार थान, कम्मल पच्चिस हजार थान, बल्याङ्केट बीस हजार थान, न्यानो लुगा बीस हजार थान, विभिन्न औषधि पचास कार्टून समेत सहयोग गरेको छ ।
फाउन्डेसनले नेपाल भरी गुरुकुल र अनाथ असहाय संस्थाहरुलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गर्दै आएको छ ।