प्रतिपक्षी दलको अवरोधपछि संसद् बैठक स्थगित

प्रतिपक्षी दलको अवरोधपछि संसद् बैठक स्थगित

  • शुक्रबार, फाल्गुन ११, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौँ, ११ फागुन : प्रमुख प्रतिपक्षी नेकपा (एमाले)लगायत विपक्षी दलका अवरोधका कारण आजको संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका सांसदले विभिन्न विषय उठाउँदै होहल्ला र नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गर्नुभयो ।

सभामुख घिमिरेले सदन सञ्चालनमा सहयोग गर्न पटक–पटक आग्रह गर्नुभएको थियो । सभामुखको आग्रहका बाबजुद सांसदहरु आसनबाट उभिएरहेपछि उहाँले बैठक स्थगित गर्नुभएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी