सावित्रा भण्डारीको ह्याट्रिक सहित पाँच गोलको मद्धतमा नेपालद्धारा ईराक पराजित

सावित्रा भण्डारीको ह्याट्रिक सहित पाँच गोलको मद्धतमा नेपालद्धारा ईराक पराजित

  • शुक्रबार, फाल्गुन ११, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं । सावित्रा भण्डारीको ह्याट्रिकसहित पाँच गोलको मद्दतले नेपालले वाफ वुमेन्स च्याम्पियनसिप २०२३ मा बिहीबार इराकलाई ५–० ले पराजित गरेको छ । प्रतियोगिताको समूह ‘बी’ को आफ्नो दोस्रो खेलमा नेपालले सजिलो जित निकालेको हो ।

यस जितसँगै नेपालको दुई खेलबाट ६ अंक भएको छ । नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा सावित्राले गरेको गोल संख्या कीर्तिमान ५० पुगेको छ । नेपालका लागि उनको यो कीर्तिमान पाँचौं ह्याट्रिक पनि हो ।

साउदी अरबको किङ्ग अब्दुल्लाह स्टेडियमको रिजर्भ मैदामा भएको खेलमा सावित्राले १४ औं मिनेटमा पहिलो गोल गरिन् । उनको दोस्रो गोल १६ औं मिनेटमा सम्भव भएको थियो ।

उनले ३७ औं मिनेटमा ह्याट्रिक पूरा गरिन् । त्यसपछि पनि उनले ४४ र ७९ औँ मिनेटमा गोल गरेर देशलाई जिताईन भने आफ्नो कीर्तिमान पनि कायम गर्न सफल भइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ