काठमाडौं । नेकपा माओवादी केन्द्रले चैत १ गतेबाट विभिन्न अभियान सञ्चालन गर्ने भएको छ।
बिहीबार बसेको स्थायी कमिटी बैठकले तराई मधेस जागरण अभियान, उत्तर दक्षिण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
त्यस्तै प्रदेशले आफ्नै तरिकाले वृहंगम जनपरिचालन गर्नेगरी प्रदेशकै योजना कार्यक्रम सञ्चालन हुने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। त्यस्तै माओवादीले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत खट्ने कार्यकता र नेतालाई सम्मान गर्ने उनले बताए।
उनले पार्टी अभियानमा राम्रो गर्नेलाई सम्मानपत्र दिने, ठीकै गर्नेलाई धन्यवाद दिने, राम्रो गर्नुस् भन्ने, नराम्रो गर्नेलाई कारबाही गर्ने, घटुवा निलम्बन, चेतावनीसम्म हुनसक्ने जिकिर गरे।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline