एमाले केन्द्रीय समितिको बैठकमा आज समुहगत छलफलको निष्कर्ष पेश गरिने

एमाले केन्द्रीय समितिको बैठकमा आज समुहगत छलफलको निष्कर्ष पेश गरिने

  • बिहिबार, फाल्गुन १०, २०८०
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

नेकपा एमालेका केन्द्रीय सदस्यहरूले बैठकमा प्रस्तुत गरेको समस्याहरू मूल नेतृत्वतिरै फर्काउनुपर्ने र समाधान पनि माथिबाटै सुरू गर्ने सुझाव दिएका छन् ।

मंगलबारबाट सुरू भएको केन्द्रीय कमिटीको बैठकमा पार्टीमा आर्थिक, नैतिक, चारित्रिक विचलन आएको, कमिटी प्रणालीमा गुटबन्दी देखापरेको जस्ता पार्टी भित्रका समस्याका बिषयमा समुहगत रुपमा छलफल गरी सुझाव दिन भनिएको थियो ।

नेतृत्वको यस निष्कर्षबारे टिप्पणी गर्दै केन्द्रीय सदस्यहरूले समस्या मूल नेतृत्वमै रहेको औंल्याएका हुन्।

‘ठूला पद ओगट्नेहरूमै ठुल्ठूला समस्या देखिन्छ। प्रतिवेदनमा जेजस्ता समस्या औंल्याइएको छ, त्यसको कारण मूल नेतृत्व नै हुनुपर्छ। त्यसकारण यसको जिम्मेवारी पनि मूल नेतृत्वले नै लिनुपर्छ र माथिदेखि नै सच्चिएर आउनुपर्छ,’ समूह छलफलमा केन्द्रीय सदस्यहरुले सुझाएका थिए ।

उपाध्यक्ष विष्णु पौडेलले पार्टीमा आर्थिक, यौन आचरणमा नैतिक र कानुनी बन्धन तोड्ने विकृति हुर्किँदै गएकाले पार्टीलाई जनताबाट अलग बनाउने खतरा देखाएका थिए।

यसबारे टिप्पणी गर्दै सदस्यहरूले तलदेखि माथिसम्म शुद्धीकरण हुनुपर्ने र यस्ता विकृति छन् भने पार्टीको आन्तरिक छानबिन र कानुनी कारबाहीकै विषय बनाउनुपर्ने धारणा राखेको एक सदस्यले बताए।

नेकपा एमालेले ३४३ र तीन जना आमन्त्रित सदस्यलाई नौवटा समूहमा विभक्त गरेर छलफल गरिरहेको छ। छलफलका लागि ७ वटा विषय छुट्टयाएरै दिएको छ।

स्थायी कमिटी सदस्यहरू, सात प्रदेश, जनसंगठन, केन्द्रीय सम्पर्क, उपत्यका समन्वय, केन्द्रीय विभागहरूको तर्फबाट एक गरी नौवटा छुट्टाछुट्टै समूह विभाजन गरेर एमालेले छलफल चलाइरहेको हो।

यसपटक केन्द्रीय सदस्यलाई खुलस्त ढंगले छलफल गर्न दिइएको महासचिव शंकर पोखरेलले जानकारी दिए।

समूहमा प्रकट भएका यी धारणा बिहीबार नौवटै टोली नेताले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्नेछन्।

प्रत्येक समूह नेतालाई १५ (१५ मिनेट समूहमा आएका सुझाव राख्ने समय निर्धारण गरिएको एमालेले बताएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ