काठमाडौं, ९ फागुन ।
जिल्ला समन्वय समिति महासंघ नेपालको प्रमुख सल्लाहकारमा
राष्ट्रिय समाजसेवी प्रा.डा. जगदिश बैद्यलाई नियुक्त गरिएको छ ।
जिल्ला समन्वय समिति महासंघ नेपालका कर्णाली प्रदेशको फागुन ८ गते बसेको बैठकले डा. बैद्यलाई प्रमुख सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।
डा. बैद्यले राष्ट्रप्रति गरेको समाजसेवाको उच्च मूल्यांकन गरि प्रमुख सल्लाहकारमा नियुक्त गरिएको जिल्ला समन्वय समिति महासंघ कर्णाली प्रदेश नेपालका अध्यक्ष मञ्जन बहादुर कार्कीले जानकारी दिए ।
बैद्यले जिल्ला समन्वय समिति महासंघ नेपालको स्वईच्छाले पद त्याग नगरेसम्म प्रमुख सल्लाहकार पदमा नियुक्ति गरिएको पनि महासंघले स्पष्ट पारेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline