सीतापाईलामा तीन जनाको हत्या गरेर रुखमा झुण्डिएका काजीको शब पोष्टमार्टमका लागि अस्पतालमा

सीतापाईलामा तीन जनाको हत्या गरेर रुखमा झुण्डिएका काजीको शब पोष्टमार्टमका लागि अस्पतालमा

  • बुधबार, फाल्गुन ९, २०८०
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौँ । राजधानीको सितापाइलामा तीन जनाको हत्यापछि आत्महत्या गरेका सोलुखुम्बुको दुधकुण्ड नगरपालिका घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्ने राजु घिमिरे भन्ने काजी बिकको शव घटनास्थलबाट पोस्टमार्टमका लागि पठाइएको छ ।

नागार्जुन नगरपालिका वडा नम्बर ५ स्थित हरिसिद्धको जंगलमा पुगेर उनले आत्महत्या गरेका हुन् । स्थानीयले काजी झुण्डिएको अवस्थामा देखेपछि प्रहरी कन्ट्रोलमा खबर गरिएसँगै जिल्ला प्रहरी परिसरको टोली घटनास्थलमा पुगेको थियो । घटनास्थलमा प्रहरी पुग्दा उनको मृत्यु भइसकेको थियो । स्थनीय सुधा तामाङले घटना देखेपछि बुधबार बिहान ११ बजेर १२ मिनेटमा प्रहरीलाई खबर गरेकी थिइन् ।

सीतापाइलामा रहेका श्रीमतीसहित दुई बालिकाको हत्या पछि उनी आत्महत्या गर्न भनेर हिँडेका थिए । काजीले ३८ वर्षीया श्रीमती ईश्वरी श्रेष्ठ, ८ वर्षकी अनिशा श्रेष्ठ र साढे २ वर्षकी सिवानी श्रेष्ठको हत्या गरेका हुन् । अनिशा ईश्वरीकी छोरी हुन् भने सिवानी नातिनी हुन् ।

ईश्वरीले काजीसँग दोस्रो विहे गरेको र शिवानी उनको यसअघिका श्रीमानबाट जन्मेका छोराको छोरी रहेको प्रहरीको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ