नामिविया बिरुद्ध नेपाली ब्याटिङ अर्डर अझै सुध्रिएन, १६८ रनमा अलआउट

नामिविया बिरुद्ध नेपाली ब्याटिङ अर्डर अझै सुध्रिएन, १६८ रनमा अलआउट

  • बुधबार, फाल्गुन ९, २०८०
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरुद्ध नेपाल १६८ रनमा अलआउट भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ३७.१ ओभरमा अलआउट भयो । पहिलो खेलमा पनि नेपालको टोली १३२ रनमा अलआउट भएको थियो । आज पनि सो कमजोरी सुधार नभएको देखिएको छ ।

नेपालका लागि ओपनिङ ब्याटर आसिफ शेखले अर्धशतक प्रहार गरे पनि अरु ब्याटरले प्रभावकारी उपस्थिति जनाउन सकेनन् ।

कप्तान रोहित पौडेलसहित चार ब्याटरले खाता खोल्न सकेनन् भने ६ ब्याटरले दोहोरो अंकमा रन बनाएनन्।

६४ बलमा ८ चौका र १ छक्का प्रहार गरेका आसिफले ५८ रन जोडे। आसिफको यो १२औं एकदिवसीय अर्धशतक हो। उनले एकदिवसीय खेलमा एक शतक पनि प्रहार गरेका छ्न। जारी सिरिजमा उनले नेदरल्यान्ड्सविरूद्धको अघिल्लो खेलमा पनि अर्धशतक प्रहार गर्ने क्रममा नटआउट ५४ रन जोडेका थिए।

अर्का ओपनर कुशल भुर्तेलले १८ रन जोडे। उनले आसिफसँग ३८ रनको ओपनिङ साझेदारी गरे। उनी सातौं ओभरमा बर्नाल्ड स्कोल्जको एलबिडब्लूको धरापमा परेका थिए। सोहि ओभरमा अनिल साह र अर्को ओभरमा देव खनाल शून्यमा आउट भएपछि नेपाल सुरुमै दबाबमा परेको थियो। नेपालले आठ ओभरमा महत्वपूर्ण तीन विकेट गुमाउँदा ४३ रन जोडेको थियो।

खेलमा कप्तान रोहित पौडेल ९ बल खेल्दा शून्यमा आउट भए। त्यसपछि कुशल मल्लले ३६ रन जोड्दा नेपालको रन केही बढेको थियो।

दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी ३४औं ओभरको चार बलको अन्तरमा आउट भए। दीपेन्द्र सो ओभरको दोस्रो बलमा ६ रनमा आउट हुँदा सोमपाल पाँचौ बलमा ४ रनमा आउट भए। ३५औं ‌ओभरमा भीम सार्की स्कोल्जबाट बोल्ड भए। उनले २६ रन बनाए।

यस्तै करण केसीले अन्तिम विकेटको रुपमा आउट हुनुअघि १२ रन जोडे। बलिङमा स्कोल्जले ४ विकेट लिए। उनले १० ओभरमा २ मेडन राख्दा ३१ रन खर्चिए। जान निकोलले पनि ४ विकेट लिए। उनले ६.१ ओभरमा ३४ रन खर्चिए।

यसअघि पहिलो खेलमा नेपाललाई नामिबियाले ४ विकेटले पराजित भएको थियो।

अब नेपालको जीत बलरहरुको हातमा रहेको छ । नेपाली बलरले कसिलो बलिङ र टिमले राम्रो फिल्डिङ गर्नु पर्ने अवस्था छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ