काठमाण्डौँमा जारी आईसीसी लिग– २ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले नामिबिया बिरुद्ध नेपालको ब्याटिङ अर्डर फेरी संकटमा परेको छ । २७ औँ ओभर भित्र ६ विकेट पतन भएपछि नेपाल दबाबमा आएको हो । नेपालका कप्तान रोहित पौडेल लामो सर्ट खेल्न खोज्दा शुन्य रनमा आउट भए । उनी पछि ३६ रन बनाएर कुसल मल्ल पनि आउट भएपछि नेपाल संकटमा परेको हो । कुसलले ५२ बलमा ३ छक्का र १ चौका प्रहार गरेका थिए । त्यस अघि देव खनाल र अनिल शाह पनि शुन्य रनमा आउट भएका थिए ।
कुसल मल्लले १८ रन बनाएर आउट भएका थिए भने आशिफ शेखले आउट हुनु अघि ५८ रन जोडेर नेपालको पारी उकासेका थिए । उनले १ छक्का र ८ चौका प्रहार गरे ।
नामिबियाका लागि बर्नाड स्कोल्जले तीन विकेट लिए । भने ईटोन , एरास्मस र ज्याकले एक एक विकेट लिएका छन् ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल दबाबमा आएको छ । सातौ ओभरमा लगातार तीन विकेट पतन भएपछि नेपाल दबाबमा आएको हो ।
नेपालका ओपनर कुसल भूर्तेल १६ बलमा तीन चौका सहित १८ रन बनाएर आउट भए । त्यसपछि आएका अनिल शाह पनि शुन्य रनमा पेभिलियन फर्किएपछि नेपाल दबाबमा आएको हो ।
त्यसपछि ब्याटिङका लागि आएका देव खनाल पनि शुन्य रनमै आउट भएका छन् । नामिवियाका बर्नार्ड स्कल्जले २ र ज्याकले एक विकेट लिएका छन् ।
पहिलो खेलमा ४ विकेटले पराजित नेपाल आजको खेलमा नामिवियालाई पराजित गरी शीर्ष स्थान कायमै राख्ने रणनीतिमा छ । आज नेपालले गुल्सन झाको स्थानमा करण केसीलाई ल्याएको छ ।
आज टस जितेर नामिवियाले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले शुरुमा ब्याटिङ गर्नु पर्ने भएको छ ।
प्रतियोगीतामा सहभागी तीन टोलीले नै आ आफ्नो एक एक खेल जीतेका छन् । रन रेटका आधारमा नेपाल शीर्ष स्थानमा छ ।