काठमाण्डौँमा जारी आईसीसी लिग– २ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले नामिबिया बिरुद्ध दबाबमा खेलिरहेको छ । २४ औँ ओभर भित्र ५ विकेट पतन भएपछि नेपाल दबाबमा आएको हो । नेपालका कप्तान रोहित पौडेल लामो सर्ट खेल्न खोज्दा शुन्य रनमा आउट भए । त्यस पछि देव खनाल र अनिल शाह पनि शुन्य रनमा आउट भएका थिए ।
कुसल मल्लले १८ रन बनाएर आउट भएका थिए भने आशिफ शेखले आउट हुनु अघि ५८ रन जोडेर नेपालको पारी उकासेका थिए । उनले १ छक्का र ८ चौका प्रहार गरे ।
अहिले क्रिजमा कुसल मल्ल र भीम सार्की रहेका छन् ।
पहिलो खेलमा १३२ रनमा अलआउट भएर चार विकेटले हारेको नेपाललाई आज जित्नै पर्ने दबाब छ । नेपालले यो खबर तयार पार्दा सम्म २५ औँ ओभरमा ५ विकेट गुमाएर ११४ रन बनाएको छ ।
नामिबियाका लागि बर्नाड स्कोल्जले तीन विकेट लिए । भने ईटोन र ज्याकले एक एक विकेट लिएका छन् ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल दबाबमा आएको छ । सातौ ओभरमा लगातार तीन विकेट पतन भएपछि नेपाल दबाबमा आएको हो ।
नेपालका ओपनर कुसल भूर्तेल १६ बलमा तीन चौका सहित १८ रन बनाएर आउट भए । त्यसपछि आएका अनिल शाह पनि शुन्य रनमा पेभिलियन फर्किएपछि नेपाल दबाबमा आएको हो ।
त्यसपछि ब्याटिङका लागि आएका देव खनाल पनि शुन्य रनमै आउट भएका छन् । नामिवियाका बर्नार्ड स्कल्जले २ र ज्याकले एक विकेट लिएका छन् ।
पहिलो खेलमा ४ विकेटले पराजित नेपाल आजको खेलमा नामिवियालाई पराजित गरी शीर्ष स्थान कायमै राख्ने रणनीतिमा छ । आज नेपालले गुल्सन झाको स्थानमा करण केसीलाई ल्याएको छ ।
आज टस जितेर नामिवियाले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले शुरुमा ब्याटिङ गर्नु पर्ने भएको छ ।
प्रतियोगीतामा सहभागी तीन टोलीले नै आ आफ्नो एक एक खेल जीतेका छन् । रन रेटका आधारमा नेपाल शीर्ष स्थानमा छ ।