नामिबिया बिरुद्ध युवा ओपनर आशिफ शेखले राम्रो फर्ममा प्रदर्शन गर्दै अर्धशतक पूरा गरेका छन् । कीर्तिपुर मैदानमा नामिबिया बिरुद्ध आईसीसी लिग २ को त्रिकोणात्मक एक दिवसीय सिरिजमा उनले अर्धशतक बनाए । यो उनको अन्तराष्ट्रिय क्रिकेटमा १२ औँ अर्धशतक पनि हो । उनले यस अघिल्लो खेलमा नेदरल्याण्डस् बिरुद्ध पनि अर्धशतक बनाएका थिए ।
अहिले उनी ५९ बलमा एक छक्का र ८ चौका प्रहार गरेर ५४ रन बनाएर खेलिरहेका छन् । नेपालले तीन विकेट गुमाईसकेको अवस्थामा आशिफ र कुसल मल्लले पारी उकासी रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline