नामिविया बिरुद्ध नेपाल दबाबमा, तेस्रो विकेट पतन

नामिविया बिरुद्ध नेपाल दबाबमा, तेस्रो विकेट पतन

  • बुधबार, फाल्गुन ९, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाण्डौँमा जारी आईसीसी लिग– २ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल नामिवियासँग प्रतिस्पर्धा गरीरहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल दबाबमा आएको छ । सातौ ओभरमा लगातार तीन विकेट पतन भएपछि नेपाल दबाबमा आएको हो ।

नेपालका ओपनर कुसल भूर्तेल १६ बलमा तीन चौका सहित १८ रन बनाएर आउट भए । त्यसपछि आएका अनिल शाह पनि शुन्य रनमा पेभिलियन फर्किएपछि नेपाल दबाबमा आएको हो ।

त्यसपछि ब्याटिङका लागि आएका देव खनाल पनि शुन्य रनमै आउट भएका छन् । नामिवियाका बर्नार्ड स्कल्जले २ र ज्याकले एक विकेट लिएका छन् ।

पहिलो खेलमा ४ विकेटले पराजित नेपाल आजको खेलमा नामिवियालाई पराजित गरी शीर्ष स्थान कायमै राख्ने रणनीतिमा छ । आज नेपालले गुल्सन झाको स्थानमा करण केसीलाई ल्याएको छ ।

आज टस जितेर नामिवियाले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले शुरुमा ब्याटिङ गर्नु पर्ने भएको छ ।

प्रतियोगीतामा सहभागी तीन टोलीले नै आ आफ्नो एक एक खेल जीतेका छन् । रन रेटका आधारमा नेपाल शीर्ष स्थानमा छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ