काठमाण्डौँमा जारी आईसीसी लिग– २ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल नामिवियासँग प्रतिस्पर्धा गरीरहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल दबाबमा आएको छ । सातौ ओभरमा लगातार दुई विकेट पतन भएपछि नेपाल दबाबमा आएको हो ।
नेपालका ओपनर कुसल भूर्तेल १६ बलमा तीन चौका सहित १८ रन बनाएर आउट भए । त्यसपछि आएका अनिल शाह पनि शुन्य रनमा पेभिलियन फर्किएपछि नेपाल दबाबमा आएको हो । नेपालले ७ ओभरमा २ विकेट गुमाएर ३८ रन जोडेको छ ।
पहिलो खेलमा ४ विकेटले पराजित नेपाल आजको खेलमा नामिवियालाई पराजित गरी शीर्ष स्थान कायमै राख्ने रणनीतिमा छ । आज नेपालले गुल्सन झाको स्थानमा करण केसीलाई ल्याएको छ ।
आज टस जितेर नामिवियाले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले शुरुमा ब्याटिङ गर्नु पर्ने भएको छ ।
प्रतियोगीतामा सहभागी तीन टोलीले नै आ आफ्नो एक एक खेल जीतेका छन् । रन रेटका आधारमा नेपाल शीर्ष स्थानमा छ ।