उपसभापति खड्काको नीति प्रस्तावः जिम्मेवार कांग्रेस, समुुन्नत देश

उपसभापति खड्काको नीति प्रस्तावः जिम्मेवार कांग्रेस, समुुन्नत देश

  • मङ्लबार, फाल्गुन ८, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

पाटन (ललितपुर), ८ फागुन : नेपाली कांग्रेसको जारी महासमिति बैठकको बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गर्नुभएको छ ।

ललिपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महासमिति बैठकमा प्रस्ताव प्रस्तुत गर्नुहुँदै उपसभापति खड्काले कांग्रेसको आन्तरिक जीवन तथा राष्ट्रिय सन्दर्भमा उठेको प्रश्न र अप्ठ्याराको समाधान खोज्न महासमितिले नीतिगत निर्णय गर्दै अघि बढ्ने बताउनु भयो ।

जिम्मेवार नेपाली कांग्रेस :समुुन्नत देश नारा दिएर नेपाली कांग्रेसको राजनीतिक नीतिलाई अघि बढाइएको उपसभापति खड्काले जानकारी दिनु भयो ।

उहाँले भन्नुभयो, “मुलुकका विभिन्न युगान्तकारी परिवर्तनमा कांग्रेसको सन्तुलित, समयन्वयकारी, सर्वस्वीकार्य राजनीतिक नेतृत्व, भूमिका विचार र नीति निर्णायक रहँदै आएको छ ।” उहाँले भ्रष्टचारविरुद्ध शून्य सहनशीलता अपनाउँदै आफ्ना हरेक गतिविधलाई पारदर्शी बनाउने अठोट गर्नुपर्ने प्रतिवेदन पेश गर्दै जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी