काँग्रेस भित्र हिन्दु अभियान तीव्र, गोदावरीमा जारी छ हस्ताक्षर अभियान

काँग्रेस भित्र हिन्दु अभियान तीव्र, गोदावरीमा जारी छ हस्ताक्षर अभियान

  • मङ्लबार, फाल्गुन ८, २०८०
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

नेपाली कांग्रेसको महासमिति बैठकस्थल ललितपुरको गोदावरीमा हिन्दुराष्ट्रको पक्षमा हस्ताक्षर अभियान चलाइएको छ।

कांग्रेसका २२ नेताहरूद्वारा गठित हिन्दुराष्ट्र स्थापना अभियानले गोदावरीस्थित बन्दसत्रको हलबाहिर हस्ताक्षर अभियान चलाएको हो।

अभियानका सह(संयोजक एवम् कांग्रेस नेता लोकेश ढकालका अनुसार हिन्दुराष्ट्रको पक्षमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला र अर्का पूर्वमहामन्त्री तारानाथ रानाभाटसहितले हस्ताक्षर गरेका छन्।

नेपाली कांग्रेस वैदिक सनातन हिन्दूराष्ट्र स्थापना अभियानले महासमिति बैठकस्थलमा हस्ताक्षर संकलन कक्ष बनाएको छु, उनले भने, ुजहाँ वैदिक सनातन हिन्दूराष्ट्रको पक्षमा पूर्वमहामन्त्री एवम् केन्द्रीय सदस्य डा। शशांक कोइराला र पूर्वसभामुख एवम् पूर्व महामन्त्री तारानाथ रानाभाटले हस्ताक्षर गर्नु भयो।

बन्दसत्र चलिरहँदा मुख्य हलअगाडि सनातन हिन्दू राष्ट्र महाअभियानले हस्ताक्षर संकलन गरेको हो। कांग्रेस महासमिति सदस्यहरू अहिले हस्ताक्षर गरिरहेका छन्। हस्ताक्षर गर्नेमा सबै उमेर समुहका देखिन्छन्।

महासमिति बैठकअघि हिन्दु राज्यको एजेन्डामा पार्टीलाई फर्काउन केन्द्रीय समन्वय समिति बनाइएको थियो। केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीको अध्यक्षतामा बसेको बैठकले समिति बनाएको थियो।

यो महाअभियानको सहसंयोजकमा पूर्वगृहराज्यमन्त्री तथा केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र काठमाडौं जिल्लाका पूर्वसभापति तथा समाजवादी चिन्तक लोकेश ढकाल चयन भएका थिए ।

समितिको कोषाध्यक्षमा भानुभक्त ढकाल चयन भएका थिए। सनातन हिन्दु राष्ट्र स्थापना महाअभियानको सल्लाहकार परिषद संयोजकमा पूर्वमन्त्री तथा कांग्रेसका पूर्व प्रमुख सचेतक लक्ष्मण घिमिरेलाई तोकिएको थियो।

त्यो बैठकले केन्द्रीय कार्यसमिति बैठकमा हिन्दु राष्ट्रको एजेन्डा उठाउने निर्णयसमेत गरेको थियो। त्यहीअनुसार २२ नेताले हिन्दुराष्ट्रको पक्षमा पार्टीलाई लैजान पूरक प्रस्ताव दर्ता गराएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी