देश कसरी बनाउन सकिन्छ खाका बनाएर अघि बढ्न ओली र प्रचण्डलाई माधव नेपालको प्रस्ताव

देश कसरी बनाउन सकिन्छ खाका बनाएर अघि बढ्न ओली र प्रचण्डलाई माधव नेपालको प्रस्ताव

  • मङ्लबार, फाल्गुन ८, २०८०
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौँ फागुण ८ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश बनाउने खाका तयार गरेर अघि बढ्न एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री प्रचण्डलाई प्रस्ताव गरेका छन् ।

सोमबार समाजवादी इन्जिनियरिङ एसोसिएसन नेपाल, मधेशले आयोजना गरेको कार्यक्रमलाई जनकपुरधाममा सम्बोधन गर्दै नेपालले पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग पनि देश विकासको खाका बनाउन पटकपटक आग्रह गरेको बताए ।

नेपालले सबै बुद्धिजीवी, अनुभव प्राप्त व्यक्तिहरूसँग बसेर देश निर्माणको खाका तयार गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले देशभरका सडकहरु खाल्डाखुल्डी रहित हुनुपर्ने बताए ।

उनले चुरेमा बस्ती बसिरहेको, अतिक्रमण भइरहेको र सडक निर्माणले चुरे मासिँदै गएकाले सबैले ध्यान दिन जरुरी रहेको बताए ।

“कहाँ के गर्नुपर्छ भन्नेकुराको सामग्रिक दृष्टिकोणको अभाव छ । मैले हिजो केपी ओलीजीलाई पनि भनेको थिएँ, म प्रधानमन्त्री हुँदा पनि मैले सोचेको थिएँ । प्रचण्डजीलाई पनि पटकपटक भन्ने गरेको छु । हामी बसौँ । अनुभव भएकाहरु बसौँ । अनुभव भएका व्यक्ति, नेता, मन्त्रीहरु । विज्ञहरु सबै बसौँ । यो देश कसरी बनाउने, कसरी अघि बढाउने भन्नेबारेमा छलफल गरौँ । देश विकासको मार्गचित्र बनाऔँ हामी ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी