रंगमञ्चमा बालबालिकाहरुको सक्रियता बढ्दै

रंगमञ्चमा बालबालिकाहरुको सक्रियता बढ्दै

  • मङ्लबार, फाल्गुन ८, २०८०
  • अशोक शिवाकोटी

  • 5.5K
    SHARES

काठमाडौं । आफ्ना वृद्ध आमाबुबाको सेवा गर्नु हरेक नागरिकको कर्तव्य भएको र त्यो कर्तव्य आजभोलीका मानिसहरुले विर्सदै गएको कुरालाई बालबालिकाहरुले नाटकमार्फत खवरदारी गरिरहेका छन् ।
शैली थियटर, रुसी सदन, संस्थागत विद्यालय संघ नेपाल (इसान) र ओजस थियटरले संयुक्त रुपमा आयोजना गरेका १५औं राष्ट्रिय बाल नाटक महोत्सवको पाँचौ दिन रंग निर्देशक टंक चौलागाईको लेखन, मञ्जु गिरीको निर्देशन र श्रीयन्त्र फउन्डेसन, मुलपानी प्रस्तोता रहेको नाटक साथमा बाल कलाकारहरुले यस्तो विचार पोखेका हुन् । नाटकमा कलाकारहरु अदम कार्की, सदिक्षा पौडेल, आशिष सुवेदी, आकृति भण्डारी, रुक्मिनी फुँयाल, कुशल श्रेष्ठ, निशा ढकाल, उज्वल कार्की, जेनिशा राउत, शंकर शाह, प्रशान्त भुजेल, सुश्रित खतिवडा, रोशन कार्की, त्रिशा थापा, अभिषेक घिमिरे, ललिता अधिकारी, दिया तामाङ आदि कलाकारहरुले नाट्य प्रस्तुतीलाई न्याय दिएका थिए । त्यस्तै हरिस थापा, विनिता पण्डित थापा, रिता आचार्य, सोफिया, बज्राचार्यले नाटक मञ्चनका लागि पाश्र्व मञ्चमा सहयोग गरेका थिए ।
नाटकले आफ्ना घरमा रहेका हरेक सदस्यहरु त्यसमा पनि ज्येष्ठ नागरिकहरुसँग बालबालिकाको निकट सम्बन्ध रहेको हुन्छ । परिवारले उनीहरुलाई अपमान र तिरस्कार गर्नाले उनीहरुको मनमा ठेस पुग्ने र आफ्नो परिवारप्रति नै वितृष्ण पैदा हुने र त्यही सिको बालबालिकाले समेत सिक्ने हुनाले हरेक परिवारमा आफ्ना अग्रजहरुको सम्मान सदैब गर्नुपर्ने मुल सन्देश बोकेको थियो । कलाकारहरुले छोटो समयमै स्टेजमा लाइटसँग पूर्वाभ्यास गरेको र त्यसलाई चाँडै उतारेको कुराको प्रशंसा भएको थियो ।

निर्देशक गिरी सन् २०१० देखि निरन्तर रुपमा नाटय गतिविधिमा लागिरहेकी सृजनशील युवा रंगकर्मी हुन् । मञ्जुश्री गुरुकुलम् नामक संस्थाकी अध्यक्षसमेत रहेकी गिरी थियटर मल, राराहिल, किर्तीपुर रंगमञ्चसँग पनि आवद्ध छिन भने नाट्यकर्मी महासंघ, नेपालकी कोषाध्यक्ष पनि हुन् ।
त्यस्तै सोही महोत्सवमा दर्शक दिर्घाको मन जित्न सफल इच्छा सिंको लेखन तथा निर्देशन रहेको एलिट ग्राण्ड स्कुल चुच्चेपाटीको प्रस्तुती र नोना ज्ञवाली, आर्याश्री चौलागाँई, एलेक्स गिरी, आराध्या कार्की, एरिना सोनार, ल्हामु शेर्पा, आद्भिका आदिको बेजोड अभिनय रहेको नाटक अनिच्छित सोच २११२ पनि मञ्चन भएको थियो । नाटकले घर परिवारमा बालमैत्री वातावरण नहुँदा परिवारका सदस्यहरुले बालबालिकाको इच्छा र भावनाको कदर नगरिदिँदा बालबालिकाको मनोविज्ञानमा पर्नसक्ने असरको बारेका अभिभावकवर्गलाई सचेत गराएको थियो । हरेक अभिभावकले आफ्ना छोराछोरीको सपनालाई बेवास्ता गर्दै आफ्नै सपनामात्र उनीहरुमाथि लाद्ने हो भने हरेक बालबालिकालाई मनोसामाजिक रोगले गम्भीर रुपमा च्याप्ने र यो भाइरसकै रुपमा फैलन पनि सक्ने कुरालाई लिएर नाटकले बालबालिकाको सुन्दर भविष्यप्रति चिन्ता व्यक्त गरेको थियो । स्ट्रेस भाइरसको कारण मुख्य पात्र मायालाई गहिरो चोट लागेको र उनी विगत धेरै वर्षदेखि साइक्याट्रिकको मातहतमा एक अस्पतालमा उपचाररत हुन्छिन । उनको परिवार भने उनको चित्र बनाउने सपनालाई बेवास्ता गर्दै एसइईमै बढी नम्बरलाउनमै केन्द्रित रहेकोले यो भाइरसले उनलाई आक्रमण गरेको कुरा पत्ता लागेपछिमात्र मनोचिकित्सकहरुले उनको उपचार सुरु गर्न सक्षम हुन्छन् र नाटकको अन्त्य हुन्छ ।

निर्देशक सिं पनि बाल कलाकारदेखि नै नाट्य क्षेत्रमा सक्रिय रहँदै आएकी प्रतिभाशाली रंगकर्मी हुन् । उनले यसै विधासँग सम्बन्धित थुप्रै पुरस्कार पनि पाइसकेकी छिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी