आगामी निर्वाचन एक्लै लड्ने काँग्रेसले महासमितिको बैठकबाट निर्णय गर्ने

आगामी निर्वाचन एक्लै लड्ने काँग्रेसले महासमितिको बैठकबाट निर्णय गर्ने

  • सोमवार, फाल्गुन ७, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्ततः महामन्त्री गगन थापाको सांगठनिक प्रस्तावमा सहमति जनाएका छन्।

सोमबार अपराह्नदेखि निवास बुढानिलकण्ठमा करिब ५ घन्टा पदाधिकारी र पूर्वपदाधिकारी सहभागी बैठकमा महामन्त्री थापाको प्रस्तावबारे केन्द्रित रहेर छलफल भएको थियो।

महामन्त्री थापाले महासमितिमा पेस गर्ने प्रस्तावमा ु०७९ को चुनावमा गठबन्धन गर्नु हाम्रो बाध्यता थियो, तर नेपाली कांग्रेस दृढ संकल्प गर्छ कि हामी आगामी चुनावहरू हाम्रो आफ्नै तागतमा एक्लै लड्ने छौं, र हाम्रा समर्थक(शुभेच्छुकलाई रूख चिह्नमा मात्रै मत हाल्न पाउने सुनिश्चित गर्नेछौुं भन्ने लेखिएपछि सभापति देउवा असन्तुष्ट थिए।

अहिलेका केही पदाधिकारी र केही पूर्वपदाधिकारीहरूले बुढानिलकण्ठ बैठकमा महामन्त्री थापाको प्रस्तावको समर्थन गरेका थिए। यसले देउवालाई समझदारीमा आउन दबाब पुगेको थियो।

ुकार्यकर्ता उत्साहित बनाउन नसक्ने, भोलिको चुनाव कांग्रेस एक्लै लड्छ भन्न नसक्नेरुु भन्दै केही नेताहरूले सभापति देउवालाई प्रश्न सोधेका थिए।

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार केही नेताहरूले कांग्रेस आजै यति कमजोर छ भनेर सोधेपछि सभापति देउवा बोलेका थिए। उनले ुल ठीक छ, प्रस्तावको कुरा मानेँ, छपाइ गर्न पठाए हुन्छु भनेका थिए।

ीबहmष् दबलप
ुयति बेलासम्म पनि सभापति देउवा पक्षका केही नेताहरू भने यस्तो हुन्न भनिरहेका थिए। तर सभापतिले मैले मानेँ भनेपछि बैठक सकियो,ु ती पदाधिकारीले भने।

महामन्त्री थापाको प्रस्तावमा सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय डिना, भिस्मराज आङ्दम्बे, बद्री पान्डे, गोपालमान श्रेष्ठ लगायतले बुढानिलकण्ठ बैठकमा समर्थन गरेको ती पदाधिकारीको भनाइ छ।

बुढानिलकण्ठ बैठकमा शेखर कोइरालालाई बोलाइए पनि उनी उपस्थित भएका थिएनन्।

पदाधिकारी बैठक चल्दचल्दै सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्का बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेटेर फर्किएका थिए।

कांग्रेस महासमिति बैठक सोमबार उद्घाटन गरिएको थियो।

मंगलबार बिहान ९ बजेदेखि पुनः बैठक सुरू हुनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ