अर्को चुनावमा गठबन्धन गर्ने नगर्ने कुरा त्यतिखेरै टुंगो लाग्छ : देउवा

अर्को चुनावमा गठबन्धन गर्ने नगर्ने कुरा त्यतिखेरै टुंगो लाग्छ : देउवा

  • सोमवार, फाल्गुन ७, २०८०
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा अहिले नै निर्णय लिइहाल्न नहुने भन्दै त्यतिखेरको परिस्थिति हेरेर निर्णय हुने बताएका छन् ।

महासमिति बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले जतिबेला गठबन्धनको आवश्यकता पर्छ त्यतिबेला नै छलफल गरेर उचित निर्णय लिनुपर्ने बताए ।

कांग्रेस महामन्त्री गगन थापाको प्रतिवेदनमा गठबन्धन गर्न नहुने निर्णय महासमिति बैठकबाट लिनुपर्ने अडान राखिएका बेला देउवाले यो कुरा स्पष्ट पारेका हुन् ।

आजबाट ललितपुरको गोदावरीमा सुरु भएको महासमिति बैठकमा देउवाले भने, ुभविष्यमा राजनीतिक गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा तत्कलीन परिस्थितिमा निर्भर भएको हुँदा पार्टीले तत्कालीन परिस्थितिअनुसार गठबन्धनको औचित्य, सान्दर्भिकता लगायतका विभिन्न ठोस मूल्यांकन र छलफल गरी त्यसै बेलामा उचित निर्णय लिनसक्नेछ ।ु

वर्तमान सत्ता गठबन्धन २०७९ को निर्वाचन पहिले चुनावका लागि मात्रै नबनेको देउवाको भनाइ थियो । उनले २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि अन्य पार्टीहरू मिलेर गठबन्धन बनाएको बताए ।

अहिले हामी गठबन्धनको अभ्यासमा छौं । अहिलेको गठबन्धन सरकारका लागि मात्रै बनेको होइन । केही समय पहिले प्रतिनिधिसभालाई असामयिक विघटन गर्ने र मुलुकमा राजनीतिक अस्थिरता ल्याउने, संविधानमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने गतिविधिहरू भए, उनले भने, संविधानको रक्षाका लागि कांग्रेसकै पहल र प्रयत्नमा गठबन्धन बनेको हो । निर्वाचन पूर्वको गठबन्धन त्यसैको निरन्तरता हो ।

गगन थापा, शेखर कोईराला लगायतका नेताहरु गठबन्धनको बिपक्षमा रहँदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ