काँग्रेस महासमितिको बैठक उद्घाटन

काँग्रेस महासमितिको बैठक उद्घाटन

  • सोमवार, फाल्गुन ७, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस महासमिति बैठकको उद्घाटन गरेका छन्। सभापति देउवाले ललितपुरको गोदावरीमा महासमिति बैठकको उद्घाटन गरेका हुन्।

महासमिति बैठकस्थल विभिन्न सामग्रीहरूले झकिझकाउ गरिएको छ। बैठकस्थल पुग्न २० वटा बसको व्यवस्था मिलाइएको कांग्रेसले जनाएको छ। बैठकस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

महासमिति बैठक तीनसम्म चल्नेछ। बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति,महामन्त्री गगन थापाले सांगठनिक र महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव तथा अर्थमन्त्री डा।प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्थाका बारेमा प्रतिवेदन पेश गर्ने र लेखा समिति संयोजक श्याम घिमिरेले लेखापरीक्षण प्रतिवेदन पेस गर्ने कार्यसूची छ।

बैठकमा १६५ केन्द्रीय सदस्य, हरेक निर्वाचन क्षेत्रबाट एक हजार ७८०,जनसम्पर्क समितिबाट ८९, भ्रातृसंस्था तथा शुभेच्छुक संस्थाबाट ६९, महासमिति सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला सभापति र भ्रातृसंघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्ष महासमिति बैठकमा सहभागी हुने प्रचार विभाग प्रमुख प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ