बालकुमारी घटनाका दोषीलाई कार्बाही गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

बालकुमारी घटनाका दोषीलाई कार्बाही गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

  • आइतवार, फाल्गुन ६, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

काठमाडौं, फागुन ६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनामा छानबिन समितिले दिएको रिपोर्ट अध्ययन गरेपछि आवस्यक कार्बाही गर्ने प्रतिवद्धता जनाएका छन् ।

आइतबार प्रतिनीधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले छानबिन समितिले प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको र आजमात्रै आफूले सो प्रतिवेदन बुझ्ने जानकारुी दिए।

प्रधानमन्त्री प्रचण्डले अहिलेसम्म आफूले प्रतिवेदन नहेरेको भन्दै आजै हेर्ने र आजै बस्ने मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन अध्ययन गरी आवश्यक कारबाही गरिने बताए।

,ूछानबिन समितिले जो प्रतिवेदन ल्याएको छ । गृह मन्त्रालयमा छानबिन समितिले बुझाएको छ । आज म बुझ्दैछु प्रधानमन्त्रीको हैसियतले । अहिलेसम्म मैले हेरेको छैन । म हेर्दैछु। आजै मन्त्रिपरिषद् बैठक छ त्यसलाई सरकारले बनाएको छानबिन समितिले छानबिन गरेर ल्याएको प्रतिवेदनको अध्ययन गरेपछि आवश्यक कारबाही गरिन्छ ।ू प्रधानमन्त्रीले भने ।

उहाँले यस घटनालाई सरकारले गम्भीरतापूर्वक लिएर तत्काल १०–१० लाख रुपियाँ परिवारलाई दिने निर्णय गरिनुका साथै श्रम मन्त्रालयबाट सम्बन्धित कार्यालयबाट पनि रकम उपलब्ध गराउन निर्देशन भएको बताए । परिवारका एक–एक जनालाई रोजगारीको व्यवस्था गरिने पनि प्रधानमन्त्रीको भनाई छ ।

छानविन समितिको प्रतिवेदनले घटना घट्नुमा भौतिक मन्त्री प्रकाश ज्वालाको मुख्य कमजोरी रहेको निष्कर्ष दिएकाले प्रतिपक्षी दलका सांसदहरुले मन्त्री ज्वालालाई तत्काल बर्खास्त गर्न माग गरेपछि प्रधानमन्त्रीले संसदमा स्पष्ट पारेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी