न्यायको विरुद्ध समाजलाई दिग्भ्रमित गर्ने रबैया बन्द गरियोस !

न्यायको विरुद्ध समाजलाई दिग्भ्रमित गर्ने रबैया बन्द गरियोस !

  • आइतवार, फाल्गुन ६, २०८०
  • – रीता खनाल, राजनीतिज्ञ

  • 10K
    SHARES

बैक, लघुबित्त, सहकारी र मिटरब्याजी सुदखोर पीडित नेपाली नागरिककोे जीवन रक्षाको लागि दुर्गा प्रसाईको नेतृत्वमा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउँ महाअभियानले राज्यका प्रत्येक क्षेत्रका सम्वन्धित निकायको ध्यानाकर्षण गराउने र दवाब सृजना गर्ने कार्य एक वर्षभन्दा बढी समयदेखि गरिरहेको छ । यस महाअभियानको आन्दोलन समग्रमा राष्ट्रघात, नीतिगत भ्रष्टाचार, अन्य भ्रष्टाचार, बेथिति, कुशासन, तस्करी, मानव बेचविखन, नागरिक बेचबिखन, लुटतन्त्र र सुदखोरीका बिरुद्द लक्षित भएको मैले पाएकी छु ।
देशका ठूला व्यापारिक घराना लगायतबाट भएका र हुँदै आएका नीतिगत भ्रष्टाचार, तस्करी, बिचौलया, माफिया, दलाल र भ्रष्ट राजनितीको बिरुद्ध एक निर्भिक सतिसाल बनेर राष्ट्रियता, धर्म, सँस्कृति र नागरिकको पक्षमा लडिरहेको महाअभियानलाई सरकारको तर्फबाट निः सन्देह संरक्षण हुनुपर्ने हो तर, दुर्भाग्य, यसको ठीक विपरित पीडित भुँइ मान्छेको पीडामा मलम मलम लगाउनु, जन आवाजहरुको सम्बोधन गर्नुको सट्टा तस्कर, दलाल, भ्रष्ट, माफिया, सुदखोरहरुको पृष्ठपोषण गर्दै जनताको पक्षमा उठेको महाअभियानको बिरुद्ध समाजलाई दिग्भ्रमित गर्दै पीडितको घाउमा नून चुक दलिने गरी विषवमन गर्ने दुष्कार्यमा सरकार र सरकारी संयन्त्र क्रियाशील भएको पाइएको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउँ महाअभियान आततायी वित्तिय संस्था तथा व्यक्तिहरु बिरुद्ध निर्मम भएर अगाडि बढीरहेको छ । राज्यका सार्बजनिक सम्पत्तिहरु, जो नीतिगत रुपमा लूटिएका छन्, ती सम्पत्तिहरु राज्यलाई फिर्ता गराई अपराधीलाई कारवाही गराउनु यस महाअभियानको उद्देश्य हो भन्ने छर्लङ्गै देखिएको छ । सत्ता सञ्चालकहरुको डिजाइनमा लुटिएको खर्बौको ललिता निवास सर्बत्रको खबरदारी र दवाब पश्चात्, आज राज्यलाई फर्काउने चरणमा प्रवेश गरेको छ । तर अझै एकीन भई सकेको छैन ! अझै खबरदारी र दबावको आवश्यकता छ ।
राज्यका लुटिएका र राज्यलाई फर्काउनु पर्ने गिरिबन्धु टि स्टेट, सगरमाथा राष्ट्रिय निकुञ्ज, सर्दु जलाधार क्षेत्रका जग्गाहरुको संरक्षणको लागि पनि यो महाअभियान सजगतापूर्वक क्रियाशील छ । बासबारी छालाजुत्ता कारखानाको १० रोपनी घोटाला प्रकरणमा अरुण चौधरी लगायतका अभियुक्तहरु आज अदालतको कठघरामा छन् । नेपाल प्रहरी, र न्यायालयलाई समेत प्रोत्साहन, सार्वजनिक भरोसा र खबरदारीका साथै दवाब सृजना गर्न हामी अहोरात्र क्रियाशील छौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमा राखिएको गलत प्रावधानका कारण सरकार सञ्चालन गर्ने भ्रष्टाचारका मूल नाइकेहरुलाई कानूनको दायरमा अझै ल्याउन सकिएको छैन । मूल भ्रष्टाचारीहरु साँढे झै हिँडिरहेका छन ।
बिगतमा नीतिगतरुपमा लुटिएका राज्यका थुप्रै सार्वजनिक सम्पत्तिहरु राज्यलाई नै फर्काउन र भबिष्यमा पुनः कुनै तस्कर, बिचौलिया, भूमाफिया खडा गरेर राजनैतिक शक्तिको आडमा अर्को लूट मच्याउने हिम्मत कसैले नगरोस भन्ने महाखबरदारी गर्ने यस महाअभियानले आफ्नो लक्ष्य निधारण गरेको छ भन्ने मेरो बुझाइ हो र यिनै पवित्र उद्देश्य पूरा गर्नको लागि मेरो यस महाअभियानलाई समर्थन रहेको पनि सबैमा जानकारी गराउँदछु ।
वित्तिय संस्था तथा मिटरब्याजी सुदखोरहरुबाट लुटिएर ऋण तिर्नै नसक्ने अवस्थामा पुगेका र बेघरबारको अवस्था पु¥याइएका र अब आत्महत्या बाहेक अन्य विकल्प गुमाई सकेका दीन दुःखी नेपाली नागरिकहरु बचाउँ भन्ने महाअभियानलाई शोषक सामन्त र यसका मतियारहरुले गलत ढङ्ग्ले दुस्प्रचार गरिनु अत्यन्त दुःखद, गलत र दुराग्रहपूर्ण छ । नागरिकहरुमाथि लुटपाट मच्याउँने सम्बन्धित निकायहरु सच्चिनु भन्दा लुटिएको धन प्रयोग गर्दै अफबाह फैलाउन उद्दत रहनु घोर आपत्तिजनक विषय हो । यही अवस्था रही रहेमा हामी यस्ता पिडक मात्र होइन मतियारहरुको पनि खोजीमा पनि क्रियाशील हुन बाध्य हुनेर्छौ ।
हाल मुलुकमा बैँक तथा वित्तिय संस्था मार्फत राज्य र नागरिकलाई वैधानिक किसिमले खुलमखुल्ला दोहन गर्ने काम भैरहेको छ । केही बैंक तथा वित्तिय संस्थाहरु पनि सरकार र प्रतिपक्षिसमेत मिलाएर तस्करी र ठगी गरिरहेका छन । महाअभियानको यक्ष प्रश्न छ कि नागरिकमाथि निरन्तर भई रहेको लुटपाट माथि किन निगरानी र कारबाही भैरहेको छैन? देशका सबै वित्तिय संस्था, विमा कम्पनीहरु तथा मिटर ब्याजी सुदखोर माथि निगरानी र खबरदारी आजको आवश्यकता हो । बैक तथा वित्तिय संस्था तथा सरकारका अन्य संयन्त्र मात्र होइन कार्यापालिका, न्यायपालिका र ब्यबस्थापिकामा समेत देखिएका कमी कमजोरी माथि पनि खबरदारी गर्दै अनियमितता बिरुद्द जन आवाज बुलन्द बनाउनु पर्ने खाँचो अझ बढेर गएको देखिँदैछ ।
राष्ट्र, राष्ट्रियतता, धर्म संस्कृति र नागरिक बचाउँ महाअभियानको न्यायपूर्ण आन्दोलनलाई अराजक आन्दोलन भनी यसको बदनाम गराउनु र अयियन्ताहरुलाई विचलित गराउन भ्रष्ट, दलाल, विचौलिया, तस्कर, माफियाहरु क्रियाशील भएको देखिन्छ । दुर्गा प्रसाईको नेतृत्वमा भई रहेको नागरिकको जीवन रक्षा गर्ने आन्दोलन अराजक नभई, यस आन्दोलनको विरुद्धमा नागरिकको कानूनी हत्या गर्न उद्दत रहेका भ्रष्टहरु अराजक हुन् । यो आन्दोलन सबै बैंक, लघुवित्त, सहकारी विरुद्धको आन्दोलन होइन । यो आन्दोलन केवल राष्ट, राष्ट्रियता र नागरिक विरोधी सुदखोर आततायी संस्था विरुद्धको आन्दोलन हो । हामीलाई थाहा छ कि सबै बैंकबाट ऋणिले लिएको ऋण नतिर्ने हो भने त देशमा आर्थिक अराजकताले आर्थिक क्षेत्र धराशायी हुनसक्छ । मुलुक डुबाउने कार्यमा हामी संलग्न हुनै सक्तैनौँ । यस आन्दोलनमा म आफू र अन्य शुभेच्छुकहरुले पनि यिनै बिषयलाई केन्द्रमा राखेर अगाडि बढ्न महाअभियानलाई सुझाव दिएका छौँ । हामी सबै बचतकर्ता, सञ्चयकोषमा रकम जम्मा गर्ने कर्मचारीहरु तथा मुलुक र जनताप्रति पूर्ण जिम्मेवार ढङ्गले प्रस्तुत भएको कुरा सहस्र जानकारी गराउँदछौँ ।
यस सन्दर्भमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियानको पवित्र र देशभक्तिपूर्ण आन्दोलनका विरुद्ध दुष्प्रचार गर्ने कार्य तत्काल स्थतिग गर्न हामी सम्बन्धित सबैलाई सचेत गराउँदछौँ । यसका साथै नागरिकको जीवन रक्षाको लागि क्रियाशील यस महाअभियानलाई साथ समर्थन र सहयोग गर्न सबै देशभक्त नेपाली नागरिकमा अपिल गर्दछौँ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी