भ्रष्टाचारीलाई कार्बाही गर्दा मेरो कुर्सी हल्लिन्छ भन्ने डर मलाई छैन : प्रधानमन्त्री

भ्रष्टाचारीलाई कार्बाही गर्दा मेरो कुर्सी हल्लिन्छ भन्ने डर मलाई छैन : प्रधानमन्त्री

  • आइतवार, फाल्गुन ६, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई कुर्सी हल्लिने डर नरहेको स्पष्ट पारेका छन्।

प्रतिनिधिसभामा भइरहेको ‘सांसदसँग प्रश्नोत्तर’को जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्। उनको प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले सुशासन कायम गर्ने र भ्रष्टाचार कसरी नियन्त्रण गर्नेबारे मात्रै आफ्नो चिन्ता रहेको बताए।

‘मलाई कुर्सी हल्लिने डर छैन। मलाई अहिलेको प्रतिपक्षी लगायतले प्रधानमन्त्री बनाउनुभयो। मैले १५ हो कि २० दिन भन्ठानेको थिएँ। विश्वभरको अध्ययन पनि गरेको थिएँ,’ प्रचण्डले भने, ‘नजिकै भारतमा १३ दिनमा अटल बिहारी बाजपेयी हटेको देखेपछि आनन्द मानेको थिएँ। यो सरकार जाला कि भन्ने डर विल्कुल छैन।’

प्रधानमन्त्रीले सुरुदेखि नै आफूले सुशासन कायम गर्ने, भ्रष्टाचार कसरी नियन्त्रण गर्ने चिन्तामात्रै लिएको पनि उनले बताए।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ