नेकपा एमालेले भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई तुरुन्तै पदबाट निलम्बन गर्न माग गरेको छ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सचेतक महेश बर्तौलाले बालकुमारी घटनामा दोषी देखिएकाले उनलाई तुरुन्तै पदबाट निलम्बन गर्नुपर्ने बताए।
‘अविलम्ब त्यस घटनासँग जोडिएका मन्त्री र गृह प्रशासन पनि यस घटनासँग जोडिने सम्भावना छ। त्यो घटनासँग जोडिएका मन्त्रीलाई अविलम्ब पदबाट हटाइयोस्,’ बैठकमा बर्तौलाले भने।
संसद् सुरु हुनासाथ एमाले सांसदहरूले उठेर विरोध गरेपछि सभामुख घिमिरेले बर्तौलालाई बोल्ने समय दिएका थिए।
उनले भने, ‘सामान्य सिपाहीलाई कारबाहीको डन्डा अनि मन्त्रीलाई उन्मुक्ति यो हुन सक्दैन। सिपाहीलाई डन्डा, मन्त्रीलाई झण्डा, जनतालाई ऐन, मन्त्रीलाई चैन।सरकारको सुशासन यही हो?’
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline