मधेश  प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने

मधेश  प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने

  • आइतवार, फाल्गुन ६, २०८०
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

मधेश  प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने तयारी गरेका छन्। आइतबार दिउँसो २ बजे बस्ने मधेस प्रदेशसभाको बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका उनको सचिवालयले जनाएको छ

जनमत पार्टीले समर्थन फिर्ता लिएको एक महिनापछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लागेका हुन्। गएको माघ ९ गते जनमतले मधेस सरकालाई दिएको समर्थन फिर्ता लिनुको साथै आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाएको थियो।

विश्वासको मत लिने प्रयोजनका लायि आज दिउँसो २ बजे मधेस प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ। मुख्यमन्त्री यादवले आइतबार विश्वासको मत लिने भनेर मधेस प्रदेशसभा सचिवालयलाई गत बिहीबार नै पत्र पठाइसकेका छन्।

कुनै पनि दलले सरकारलाई दिएको समर्थन फिर्ता लिए मुख्यमन्त्रीले आफ्नाे बहुमत सिद्ध गर्न तीस तीनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यावस्था छ।

जसपा नता यादव २७ पुस २०७९ मा नेकपा एमाले, माओवादी केन्द्र, जनमत, राप्रपा र नेपाल संघिय समाजवादी पार्टीका ६३ प्रदेश सभा सदस्यको समर्थनमा यादव मधेस सरकारको मुख्यमन्त्री नियुक्त भएका थिए। १०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतको लागि ५४ जना प्रदेससभा सदस्यको समर्थन आवश्यक पर्छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ