आईसीसी लिग २ को त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले घातक बलिङ गर्दै नेदरल्याण्डस्लाई ३९ ओभर भित्र १३७ रनमा अलआउट गरेको छ । टस जितेर फिल्डिङ गरेको नेपालले कडा बलिङ गर्दा नेदरल्याण्डस्का ब्याटस्म्यानहरु निरीह सावित भएका थिए । नेपालले जम्मा १३८ रनको लक्ष्य पाएको छ ।
नेपालका लागि आज सर्वाधिक चार विकेट कुसल भूर्तेलले लिए । उनले ७ ओभरमा केवल २० रन दिएर चार विकेट लिन सफल भए । त्यसै गरी ललित राजवंशीले २, सोमपाल कामी र रोहित पौडेलले एक एक विकेट लिए ।
नेदरल्याण्डस्का लागि स्कट एडवार्डसले सर्वाधिक ३३ रन बनाए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline