मार्च, २०२२ को कुरा हो । जतिखेर रुसी मुद्रा रुबल भारी मात्रामा गिरेको थियो । गाजाप्रम र एसबर बैंक जस्ता ठूला कम्पनीहरुको मुल्यमा ९७ प्रतिशत खस्किएको थियो । मस्कोमा एटीम बाहिर लामो लाईन लाग्न शुरु भएको थियो । ठूला ठूला व्यापारीका जहाजहरु, फुटवल टिम, आलिशान बंगला र क्रेडिट कार्ड समेत कब्जामा लिएका थिए र रुस आर्थिक मन्दीको ठूलो चपेटामा आएको थियो । यो सबै नतिजा युक्रेनमा आक्रमण गरेपछि रुसमाथि दबाब बढाउन अमेरीका सहित पश्चिमा देशहरुले प्रतिवन्ध लगाएर गरेको असाधारण प्रयासका कारण आएको थियो ।
पश्चिमा देशहरुले रुसको सरकारी सम्पत्ति र विदेशी मुद्रा भण्डारण कब्जा गरेका थिए । रुसको तीन सय अर्ब डलर विदेशी मुद्रा भण्डारण जफत गरिएको थियो ।
पश्चिमा देशहरुले रुस बिरुद्ध एक खालको आर्थिक युद्ध छेडेका थिए । यो परमाणु सम्पन्न देशहरुबीच प्रत्यक्ष युद्धको विकल्पका रुपमा आर्थिक युद्धलाई हेरिएको थियो ।
अहिले यो अवस्था शुरु भएको दुई वर्ष वितेको छ । र अहिलेको आर्थिक परिदृष्यमा रुसमा ठूलो बदलाव आएको छ । अमेरीकी पत्रकार काल्र्सनसँगको बहुचर्चित अन्तवार्तामा रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले खुसी हुँदै पूरै यूरोपमा रुसको अर्थव्यवस्था सबै भन्दा तीव्र गतिमा बढीरहेको सुनाएका थिए । पछिल्लो साता अन्तराष्ट्रिय मुद्रा कोषले रुसको अर्थतन्त्रको विकास दरको पूर्वानुमान १.१ प्रतिशतबाट बढाएर २.६ पुर्याउदा रुसी अर्थतन्त्र शक्ति उजागर भएको छ ।
आईएमएफ़को तथ्यांक अनुसार सन् २०२३ मा रुसको अर्थतन्त्री सबै जी–७ देशको भन्दा तीव्र गतिमा बृद्धि भयो र सन् २०२४ मा पनि यो अवस्था रहने छ । यो केवल आंकडा मात्र हैन । युक्रेनमा चलिरहेको संघर्षको हालतमा रुसी अर्थव्यवस्था फेरी मजबुत हुँदा सहयोग पुगेको छ । पूर्वी र दक्षिणी युक्रेनमा रुसी सैन्य अभियान तीव्र भएको छ ।
पश्चिमा देशका नेताहरु रुसी अर्थतन्त्रको यो मोडेल लामो समय नटिक्ने दावी गर्दछन् । रुसले आफ्नो अर्थव्यवस्थालाई युद्ध अर्थतन्त्रमा बदलेको छ । जसको अधिकांश हिस्सा केवल युद्धमा खर्च भईरहेको छ । सोभियत कालपछि पहिलो पटक रुसले युद्धमा यति धेरै खर्च गरिरहेको छ । पुरै बजेटको ४० प्रतिशत सेना र सुरक्षा प्रणालीमा खर्च भईरहेको छ । यो भनेको सोभियत संघ कालको अन्तिम बर्षमा भएको खर्च बराबर हो ।
रुसको तेल र ग्यासमाथि पश्चिमा प्रतिवन्धका बाबजुद हाईड्रो कार्बन उत्पादन विक्रीबाट आउने राजस्वले रुसको सरकारी ढुकुटी भरिरहेको छ ।
्रुसी तेलको टैंकर पछिल्लो समय चीन र भारततर्फ गईरहेका छन् । अधिकांश भुक्तानी अमेरीकी डलरमा नभई चीनीया युआनमा भईरहेको छ ।
रुसको तेल उत्पादन अहिले पनि दैनिक ९.५ अर्ब ब्यारल भईरहेको छ । जो युद्ध शुरु हुनु अघिको भन्दा केही मात्र कमी हो । रुसले संयौँ टैंकरहरु गुप्त तरिकाले खरीद गरेर तैनाथ गर्यो ता कि प्रतिवन्धबाट बच्न सकियोस् ।
रुसी तेल, ग्यास र हिराले घट्दो रुबललाईं सम्हाल्न मद्धत गर्यो । एक पश्चिमा नेताले हामीले जति सोचेका थियौँ, त्यो भन्दा राम्रो गरेर पुटिन अगाडी गए र सन् २०२४ मा पनि यो हुनेवाला छ । यद्यपि, विकासको यो मोडल रुसको निर्भरता तेलबाट हुने आमदानी, , चीन र युद्धमा भईरहेको गैर उपयोगी खर्च बढाएको छ ।
जब तेल र ग्यासको माग उच्च बिन्दुमा पुग्छ र मुख्य प्रतिस्पर्धी अरब देशको उत्पादनको बारेमा अर्को बर्ष अनलाईन जानकारी आएपछि रुसको स्थिति स्पष्ट हुन्छ ।पूर्वी युक्रेनमा जल्ने टैंक र गोला बारुदको निर्माण बृद्धिबाट रुसी ढुकुटी समाप्त भईरहेको छ । पश्चिमा देशहरुले रुसको अर्थव्यवस्थालाई घेराबन्दी गर्दै आमदानी घटाईदिने, महगाई बढाईदिने र जसले गर्दा संघर्षमा लामो समय टिक्न नसकोस् भन्ने रणनीति अपनाएका छन् ।
यो बर्षको अन्त्य सम्ममा अमेरीकामा राष्ट्रपतिको निर्वाचन हुन्छ । त्यसपछि सरकार फेरवदल हुन सक्छ । त्यसपछि युक्रेनलाई मिलिरहेको पश्चिमा देशहरुको मद्धतमा कमी आउनेछ । यसले रुसलाई बल पुग्नेछ ।
युक्रेनका राष्ट्रपति भालोदिमोर जेलेन्सकीले विश्वभर रहेको रुसको तीन सय अर्ब डलर युक्रेनको पुननिर्माणमा खर्च गर्नु पर्ने माग गरीरहेका छन् । यो मागमा बेलायती अधिकारीहरु सहमत छन् ।
एक जना शीर्ष अर्थविदले डलरलाई हतियार बनाउनु जोखिमयुक्त हुनेछ । रुसी सम्पत्तिलाई यो तरीकाले कब्जामा लिएमा यसले अन्य देशहरुलाई कस्तो सन्देश दिन्छ ? खास गरी पश्चिमा देशहरुका केन्द्रीय बैंकमा खाडी, मध्य एशिया र अफ्रीकी देशको रिजर्भको सुरक्षालाई लिएर ? यो सम्बन्ध विश्वव्यापी वित्त व्यवस्थाका लागि महत्वपूर्ण छ ।
पुटिनले चीन अबको उदाउदो विकल्पको रुपमा हुने देखेका छन् । यदी रुसी सम्पत्ति जफत भएमा रुसमा रहेका विदेशी कम्पनीको सम्पत्ति रुसले कब्जा गर्ने योजना बनाएको छ ।
यो वित्तीय युद्धले जुन आकार लिनेछ त्यसले रुस युक्रेन युद्ध भन्दा धेरै अगाडी सम्म देख्न सकिनेछ ।
–बिबसीबाट