मेची महाकालीबाट पैदलै हिँडेर राजधानी आँउदैछन् मीटरव्याज पीडितहरु

मेची महाकालीबाट पैदलै हिँडेर राजधानी आँउदैछन् मीटरव्याज पीडितहरु

  • शुक्रबार, फाल्गुन ४, २०८०
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौँ । न्यायको माग गर्दै देशभरिबाट मीटरव्याज पीडितहरु संघीय राजधानी काठमाडौँतर्फ आइरहेका छन् । शहीद दिवसका दिन पूर्वको झापा र पश्चिमको महेन्द्रनगरबाट एकैसाथ पैदलयात्रा थालेका उनीहरू बिहीबार चितवन आएर मिसिएका छन् । त्यहाँबाट उनीहरूको ठुलो समूह पैदल हिँडेर काठमाडौँतर्फ आइरहेको छ ।

आफूहरूले पटक–पटक आन्दोलन गर्दा पनि सरकारले सुनुवाइ नगरेको भन्दै उनीहरूले मिटरब्याज पीडित संघर्ष समिति गठन गरेर थप आन्दोलन गर्न काठमाण्डौँ आईरहेका छन् ।

यसअघि सरकारले छानबिन आयोग नै गठन गरेर मिटरब्याजको समस्या समाधानको पहल थाले पनि त्यसबाट आफूहरूलाई पूर्ण न्याय नमिलेको उनीहरूको तर्क छ ।

सो आयोगले करिब ५ हजार मिटर ब्याज पीडितको समस्या समाधान गरेको छ भने अब १५ हजारभन्दा धेरै पीडितहरूको समस्या भने बाँकी नै रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ