ड्युटीमा रहेकी महिला प्रहरीको आफ्नै श्रीमानले गोली हानी हत्या गरे

ड्युटीमा रहेकी महिला प्रहरीको आफ्नै श्रीमानले गोली हानी हत्या गरे

  • बिहिबार, फाल्गुन ३, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

दाङमा एक प्रहरीले आफ्नै श्रीमतीको गोली हानी हत्या गरेका छन्। मृतक महिला पनि प्रहरी नै हुन्।

घोराहीको दामोदर चोकमा ड्युटीमा रहेकी महिला प्रहरी धनमाया थापालाई उनका श्रीमानले गोली हानी हत्या गरेका दाङका प्रमुख जिल्ला अधिकारी दिनबन्धु सुवेदीले जानकारी दिए।

प्रहरी जवान धनमाया वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत थिइन्।

बाँकेको नेपालगञ्जमा सहायक हवल्दारका रूपमा कार्यरत धनमायाका श्रीमान यमबहादुर झाक्री साढे ८ बजेतिर गोली हानेर धनमायाको हत्या गरेको प्रजिअ सुवेदीले सेतोपाटीलाई बताए।

धनमाया घोराही उपमहानगरपालिका–१५ दामोदर चोकमा ड्युटीमै थिइन्। मोटरसाइकलमा आएका यमबहादुरले पेस्तोलबाट तीन राउन्ड गोली प्रहार गरी फरार भएका थिए। गोली प्रहारपछि भाग्दै गरेको अवस्थामा लमहीको अर्जुनखोलाबाट उनी पक्राउ परेको एक प्रहरी अधिकारीले बताए।

घाइते धनमायालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार धनमाया र यमबहादुरको सम्बन्धमा खटपट थियो। उनीहरूबीच सम्बन्ध विच्छेदको मुद्दा जिल्ला अदालत दाङमा विचाराधीन छ। उनीहरूकी एक नाबालिग छोरी छन्।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ