नेपालको ब्याटिङ अर्डर धरापमा, १३ रन बनाउदा तीन विकेट पतन

नेपालको ब्याटिङ अर्डर धरापमा, १३ रन बनाउदा तीन विकेट पतन

  • बिहिबार, फाल्गुन ३, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्ने क्रममा नेपालको ब्याटिङ अर्डर धरापमा परेको छ । नेपालले टस हारेर पहिला ब्याटिङको निम्तो पाए पछि शुरु देखि नै लगातार विकेट झरेपछि संकटमा परेको छ ।
नेपालले पहिलो बलमै ओपनर कुशल भूर्तेललाई गुमायो । तेस्रो ओभरमा १२ रन बनाउदा अनिल शाहलाई गुमाएको बेला चौथो ओभरमा अर्का ओभनर आशिफ शेख ४ रनमा आउट भएका छन् । पाँचौ ओभर सम्म नेपालले तीन विकेट गुमाएर केवल १४ रन मात्रै जोडेको छ ।
दुबै विकेट नामिबियाका रुबेन ट्रम्फेलम्यानले लिए भने ज्याक ब्रसेलले एक विकेट लिएका छन् ।

अहिले रोहित पौडेल र भीम सार्कीले क्रिज सम्हालीरहेका छन् । नेपालले नेदरल्यान्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय शृङ्खलाबाट आईसीसी विश्वकप लिग–२ को सुरुवात गर्न लागेको हो ।

नेपालले यो त्रिदेशीय शृङ्खलामा कुल चार खेल खेल्नेछ । पहिलो खेलमा बिहीबार नामिबियासँग खेल्नेछ भने दोस्रो खेल आगामी फेब्रुअरी १७ मा खेल्ने तालिका छ ।

नामिवियासँगको पछिल्लो पाँच खेलमा नेपालले दुईमा जीत हात पार्दा दुईमा हार व्यहोरेको थियो भने एक खेल नतिजा बिहिन भएको थियो ।

आजको खेलमा बिजयी शुरुवात गर्ने नेपालको रणनीति छ । किनकि १२ देशबीच हुने खेलमा शीर्ष चार टोलीले सन् २०२७ मा सोझै विश्वकप खेल्न पाउने भएकाले पनि नेपाल उत्कृष्ट नतिजाको पक्षमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ