आईसीसी विश्व लिग २ क्रिकेट अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजको पहिलो खेलमा नेपालले आज नामिविया बिरुद्ध प्रतिस्पर्धा गर्दैछ । खेल त्रिवी क्रिकेट मैदानमा बिहान ९ बजेपछि शुरु हुनेछ ।
नामिविया बिरुद्धको पछिल्लो दुई खेल नेपालले जीतेको छ भने दुई खेल हारेको छ । एक खेलमा नतिजा आएको थिएन ।
घरेलु मैदानमा जीतका साथ विश्वकपको ढोका खोल्न अघि बढ्ने नेपालको योजना छ ।
कुल १२ देशसँग नेपालको प्रतिस्पर्धा हुनेछ । त्यसको शीष चार देश सोझै विश्वकपमा छनौट हुनेछ ।
१० दिनसम्म नेपालमा सञ्चालन हुने त्रिकोणात्मक सिरिजमा नेपाल, नामिबिया र नेदरल्याण्ड्स सहभागी हुने छन्। फागुन ५ मा हुने दोस्रो खेलमा नेपाल नेदरल्याण्ड्सँग खेल्नेछ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline