काठमाडौं, २ फागुन ।
जे.भि.फाउन्डेसनले त्रिभुवन विश्वविद्यालय प्रांगणमा रहेको सरस्वतीको मन्दिरमा विशेष पूजा गरेको छ । फाउन्डेसनद्धारा त्रिवि केन्द्रिय कायाृलय परिसरमा निर्मित सरस्वतीको मन्दिरमा बुधवार बिहान फाउन्डेसनका अध्यक्ष तथा राष्ट्रिय समाजसेवी मा.प्रा.डा. जगदिस वैद्यसहितका पदाधिकारीको उपस्थितीमा पूजाअर्चना गरिएको हो ।
आज त्रिवि सहित पूर्वान्चल विश्वविद्यालय,पोखरा विश्वविद्यालय,लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन बिज्ञान विश्वविद्यालय र काठमाडौ विश्वविद्यालयमा पनि एकै साथ बिहान ७ बजेर ५५ मिनेटमा पूजा गरिएको अध्यक्ष वैद्यले जानकारी दिए । सो क्रममा त्रिविका पूर्व उपकुलपति पा.डा. तीर्थराज खनियाको उपस्थिती थियो ।
खनीयाको कार्यकालमा नै २०७५ चैत २७ गते पूर्वउपकुलपति खनीया र फाउन्डेसनका अध्यक्ष वैद्यद्धारा संयुक्त शिल्यानास भई निमाण सम्पन्न भएको मन्दिरको २०७६ असार २५ गते तत्कालिन प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका थिए ।

यसैबीच, जे.भि.फाउन्डेसनले आजै चितवन रामपुर कृषि तथा वन बिज्ञान बिश्वबिद्यालयको प्रांगणमा निर्माण गरेको सरस्वतीको मन्दिरको केन्द्रिय अध्यक्ष वैद्यले उद्घाटन गरेका छन् ।


