पाल्पामा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० पुग्यो

पाल्पामा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० पुग्यो

  • बुधबार, फाल्गुन २, २०८०
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

पाल्पा, २ फागुन । पाल्पाको तिनाउ गाउँपालिका ६ मस्यामको चिदिसमा मंगलबार राती भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ । ​आठजनाको घटनास्थलमै र दुईजनाको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६ मस्यामका ६० वर्षीया यनकुमारी पन्त, ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षीय कृष्णबहादुर अस्लामी र २८ वर्षीया उर्मिला अस्लामीको मृत्यु भएको हो ।

यसैगरि रूपन्देहीको बुटवल उपमहानगरपालिका–१४ तामनगर बस्ने ७० वर्षीय चन्द्र रणपाल, उनकी श्रीमती ६० वर्षीय चुना रणपाल, तिनाउ गाउँपालिका–२ खुर्सानेका २० वर्षीय गीता सुनार, रिब्दीकोट गाउँपालिका–१ ख्याहाका ६६ वर्षीया विष्णुकला कामी, ६५ वर्षीया दिलकुमारी सुनार, रूपन्देही देवदह नगरपालिका–५ कि २९ वर्षीया दिलमाया जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १६ जनाको तानसेनको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पाल्पाको डुम्रे बजारबाट शिखर डाँडा जाँदै गरेको लु १ ज २३७१ नंम्बरको यात्रु बाहक जिप डुम्रे चक्लदी भित्री सडकखण्डको चिदिस भन्ने ठाउँमा दुर्घटना भएको थियो । जिप सडकभन्दा लगभग ३ सय मिटर तल खसेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ