काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अदालतले बिदा नदिए पनि आजको दिन ऐतिहासिक जनयुद्ध दिवसका रुपमा मनाइने बताएका छन् ।
मंगलवारबाट काठमाडौंमा शुरु भएको पार्टीको विधान अधिवेशनका क्रममा आयोजित जनयुद्ध दिवस विशेष समारोहमा सम्बोधन गर्दै उनले यस वर्षको लागि सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको भएपनि अदालतले अहिले जनयुद्ध दिवसमा बिदा दिनु उपयुक्त नहुने भन्दै त्यसलाई खारेज गर्दा अदालतको निर्णयलाई पालना गरेर जानु आफ्नो कर्तव्य भएको बताए ।
उनले अब शान्ति प्रकृया पूरा हुने दिशामा रहेको र त्यसपछि सरकारले फेरी निर्णय गरेर जनयुद्ध दिवस मनाउने दिन औपचारीक रुपमै आउन सक्ने बताए ।
उनले अब सके सम्म सबै कम्युनिष्ट पार्टीहरुबीच एकता हुन जरुरी रहेको भन्दै माओवादीले त्यसको पहल गर्नु पर्ने बताए ।