रामग्राम स्तुप क्षेत्रमा निजि क्षेत्रसँग गरिएकाे समझदारी खारेज गर्न निर्देशन, पूर्व उपाध्यक्ष त्रिपाठीकै पालामा पत्राचार

रामग्राम स्तुप क्षेत्रमा निजि क्षेत्रसँग गरिएकाे समझदारी खारेज गर्न निर्देशन, पूर्व उपाध्यक्ष त्रिपाठीकै पालामा पत्राचार

  • सोमवार, माघ २९, २०८०
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले गौतम वुद्धको अस्तुधातु रहेको रामग्राम स्तुप क्षेत्रको विकास र संरक्षणका लागि निजी क्षेत्रसँग गर्न लागिएको समझारी खारेज गर्न निर्देशन दिएको छ ।

वर्षौंदेखी विकासको पर्खाइमा रहेको रामग्राम स्तुप क्षेत्रको विकास गर्न निजि क्षेत्रको लगानी आकर्षित गर्ने गरि तयारी गरिएको भद्रसमझदारी पत्र (MOU) लाई आइतबार बसेको संसदीय समितिको बैठकले खारेज गर्न निर्देशन दिएको हो ।
बुद्धको अष्तुधातु राखिएको विश्वकै एकमात्र सुरक्षित स्थान रामग्रामको विकास, संरक्षण र प्रवर्द्धनको अभावमा ओझेलमा परेको भन्दै यसअघि २०८० जेठ २९ गते लुम्बिनी विकास कोषका पूर्व उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले प्रमिस ल्याण्डलाई पत्र नै लेखेर रामग्राम क्षेत्रको विकास, संरक्षण र प्रवर्द्धन गर्न प्रक्रिया अगाडि बढाएका थिए ।

उक्त प्रक्रिया अनुसार गत असोज २१ गते संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किरातीको अध्यक्षतामा बसेको लुम्बिनी विकास कोषको कार्यकारिणी समितिको बैठकबाट प्राप्त निर्देशन अनुसार लुम्बिनी विकास कोषको सचिवालयको बैठकले रामग्राम स्तुप क्षेत्रको विकास र संरक्षणका लागि निजी क्षेत्रसँग भद्र समझदारी गरिएको थियो । उक्त समझदारी पत्र (MOU) खारेज गर्न आइतबार बसेको संसदीय समितिको बैठकले निर्देशन दिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ