ईमाडोलमा छतबाट हाम फालेकी महिलाको मृत्यु, अचेत भेटिएका दुई बच्चाको अस्पतालमा ज्यान गयो

ईमाडोलमा छतबाट हाम फालेकी महिलाको मृत्यु, अचेत भेटिएका दुई बच्चाको अस्पतालमा ज्यान गयो

  • आइतवार, माघ २८, २०८०
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोलमा एक महिला र उनका दुई छोराछोरीको मृत्यु भएको छ।

आमा रविना महर्जन घरको तीन तला माथिबाट हाम फालेपछि प्रहरीले उद्धार गरेर अस्पताल पुर्‍याएको थियो। त्यसपछि उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

रविनाले हाम फालेको छिमेकीले देखेर प्रहरीलाई खबर गरेका थिए ।

उनका ६ वर्षीय छोरा अश्वेत महर्जन र २ वर्षीया छोरी अचेत अवस्थामा भेटिएका थिए। उनीहरूलाई पनि उद्धार गरेर अस्पताल लगिएको थियो। उपचारको क्रममा दुवै छोराछोरीको पनि किस्ट अस्पतालमै मृत्यु भएको छ।

यो घटनाको कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी