तीन स्रष्टा, त्रिमूर्ति पुरस्कारबाट पुरस्कृत

तीन स्रष्टा, त्रिमूर्ति पुरस्कारबाट पुरस्कृत

  • शनिबार, माघ २७, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

काठमाडौँ, २७ माघ : त्रिमूर्ति निकेतनले ‘लेखनाथ काव्य पुरस्कार’, ‘बालकृष्ण सम पुरस्कार’ र ‘देवकोटा काव्य पुरस्कार’बाट तीन स्रष्टालाई पुरस्कृत गरेको छ ।

सत्रौँ त्रिमूर्ति दिवस तथा नाट्यसम्राट बालकृष्ण समको १२२औँ जयन्तीका अवसरमा निकेतनले नेपाली भाषा साहित्यमा समर्पित भई शास्त्रीय छन्द कविताको माध्यमबाट छन्दकाव्य प्रसार, नाट्यक्षेत्रमा समर्पित भई मुलुकमा नाटकको महिमा र गरिमालाई उत्कृष्टतामा पुर्‍याएको र काव्यसाधनामा निरन्तर समर्पित रही नेपाली कविता विकासमा विशिष्ट योगदान पु¥याउने तीन स्रष्टालाई ताम्रपत्र, जनही रु एक लाख नगद राशीसहित पुरस्कृत गरेको हो ।

छ दशकदेखि नेपाली भाषासाहित्यको योगदानमा समर्पित रहँदै शास्त्रीय छन्दकविताको रचना एवम् छन्दकाव्यको प्रचार अभियानमा समेत संलग्न भई विशिष्ट योगदान पु¥याउनुभएका प्रा मुकुन्दशरण उपाध्यायलाई लेखनाथ काव्य पुरस्कार२०७९ प्रदान गरिएको छ ।

मालती मङ्गले नाटकमा मङ्गलेको सफल भूमिकाका अतिरिक्त दर्जनौँ नाटकमा उत्कृष्ट अभिनय गरेर जनप्रियता हासिल गर्नुभएका हरिबहादुर थापालाई बालकृष्ण सम पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

त्यसैगरी नेपाली भाषासाहित्यको विकासमा छ दशकअघिदेखि काव्यसाधनामा निरन्तर समर्पित रहँदै नेपाली कविताको संवद्र्धनमा विशिष्ट योगदान गर्नुका साथै महाकवि लक्ष्मीप्रसाद देवकोटाका अप्रकाशित कृतिको सम्पादनसमेत गरी प्रकाशनमा ल्याउनुभएको जयप्रसाद पाण्डेलाई देवकोटा काव्य पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

निकेतनका संस्थापक तथा सदस्यसचिव नरेन्द्रराज प्रसाईंले तीन मूर्ति बनाउन ठूलो बाधा व्यवधान भएपनि हाल कोष स्थापना भई संस्था सुदृढ अवस्थामा रहेको बताउनुभयो । त्रिमुर्तिका पुरस्कार राशि सुरुमा रु १०/१० हजार रहेपनि अहिले रु एक लाख बनाइएको उहाँले जनाउनुभयो ।

लेखनाथ काव्य पुरस्कार, २०७९ बाट पुरस्कृत प्रा मुकुन्दशरण उपाध्यायले सम्पूर्ण प्रकाशनले नेपाली भाषाको विकासमा संकल्प गर्न जरुरी रहेको बताउँदै विशेषगरी त्रिभुवन विश्वविद्यालय र नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषाको जगेर्नामा उन्मुख हुन आवश्यक रहेको बताउनुभयो । नेपाली भाषाप्रतिको संरक्षण तथा सम्मानको वातावरण अनुकूल बनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

निकेतनका अध्यक्ष इन्दिरा प्रसाईंले विभिन्न व्यक्तित्वको योगदानले संस्था सुदृढीकरणमा महत्वपूर्ण भूमिका पुगेको उल्लेख गर्नुभयो ।

यस निकेतनले हरेक वर्ष त्रिमूर्ति दिवसका अवसरमा लेखनाथ पौड्याल पुरस्कार, बालकृष्ण सम पुरस्कार र देवकोटा काव्य पुरस्कार विभिन्न स्रष्टाहरूमा समर्पण गर्दै आएको छ । नेपाली भाषासाहित्यका विभूतित्रय कविशिरोमणि लेखनाथ पौडयाल, नाटयसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मानमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी