अरुण चौधरीले हडपेको बाँसबारीको १० रोपनी जग्गा फिर्ता ल्याउने प्रकृया शुरु

अरुण चौधरीले हडपेको बाँसबारीको १० रोपनी जग्गा फिर्ता ल्याउने प्रकृया शुरु

  • शुक्रबार, माघ २६, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

सरकारले बाँसवारीको छाला जुत्ता कारखाना उद्योगको हडपिएको जग्गा सरकारको नाममा फिर्ता ल्याउने प्रक्रिया सुरु गरेको छ।

सरकारी जग्गा हडप्ने तत्कालीन च्याम्पियन फुटवेयर प्रालि र हालको चाँद वाग रेसिडेन्सी प्रालिका संचालक समितिका अध्यक्ष सञ्जय ठाकुरलाई २१ दिन भित्रमा उपस्थित हुन पत्र पठाएको हो।

भूमि सुधार तथा मालपोत कार्यालय डल्लीबजारले ठाकुरलाई पठाएको पत्रमा च्याम्पियन फुटवेयर प्रालिको नाममा दर्ता कायम रहेको कित्ता नम्बर ५८ को क्षेत्रफल ०४६०७.२० बर्गमिटर कित्ता नम्बर १६ को ००४८७ बर्गमिटर जग्गा सरकारको नाममा फिर्ता गराउने उल्लेख छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले माघ २२ गते पठाएको पत्र अनुसार उक्त जग्गा नेपाल सरकारका नाममा श्रेष्ता अध्यावधिक गरी ल्याउन बोलाइएको पत्रमा उल्लेख छ।

पत्र प्राप्त भएको मितिले बाटोको म्यादबाहेक २१ दिनभित्र आफैं वा वारेस मुकरर गरी कार्यालय समयमा उपस्थित हुन भनिएको छ।

उपस्थित नभए कानुन बमोजिम हुने पनि उल्लेख गरिएको छ। मालपोत कार्यालयले पठाएको पत्र अध्यक्ष ठाकुरले बुझिसकेका छन्।

यसअघि सीआईबीले अध्यक्ष ठाकुरसहित चाँद वागका सञ्चालक यापारी अरुण चौधरी र कारखानाका तत्कालीन अध्यक्ष बाँसबारी छालाजुत्ता उद्योगका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो।

तर जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि ६ दिन मात्रै हिरासतमा राख्न अनुमति दिएपछि सीआईबीले पक्राउ गरेका तिनै जनालाई बुधबार रिहा गरेको थियो।
रिहा भएकै दिन मालपोत कार्यलय डिल्लीबजारले जग्गा फिर्ताका लागि प्रक्रिया अगाडी बढाएको हो।

उनीहरू तीनैजनालाई खोजेको बेला उपस्थित हुने शर्तमा सीआईबीले रिहा गरेको छ।

उनीहरुले सुरुमा च्याम्पियन फुटवेयर लिमिटेड नामक सार्वजनिक कम्पनी खडा गरेका थिए। तर पछि निजी कम्पनी बनाएको पाइएको छ।

हाल उक्त कम्पनीको नाम पनि चाँदवाग रेसिडेन्सी प्रालि रहेको छ। बाँसबारीको हडपिएको जग्गा हाल चाँदवागकै नाममा रहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी