पोखराको सूर्यदर्शन सहकारीका सञ्चालक सदस्य प्रमोद भट्टराई पक्राउ

पोखराको सूर्यदर्शन सहकारीका सञ्चालक सदस्य प्रमोद भट्टराई पक्राउ

  • बिहिबार, माघ २५, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समिति सदस्य पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी परेपछि फरार रहेका सुनसरीको इनरुवा नगरपालिका ५ का ३० वर्षीय प्रमोद भट्टराईलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

३० वर्षीय भट्टराईलाई बिहीबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका ४ माकलबारीबाट पक्राउ गरेर कास्की लगिएको छ।

सहकारीविरुद्ध बचतकर्ताले जाहेरी दिएपछि सञ्चालक जीबी राईसहित फरार छन्। उनीहरुविरुद्ध प्रहरीले इन्टरपोलको सहयोगमा विदेशमा समेत खोजीकार्य गरिरहेको छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ