‘स्पा व्यवसायलाई पर्यटन स्वास्थ्यको रुपमा विकास गर्नुपर्छ’

‘स्पा व्यवसायलाई पर्यटन स्वास्थ्यको रुपमा विकास गर्नुपर्छ’

  • बिहिबार, माघ २५, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौँ, २५ माघ : नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले स्पा व्यवसायलाई पर्यटन स्वास्थ्यका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । स्पा सङ्घ नेपालको तेस्रो वार्षिकोत्सव एवं अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले स्पा व्यवसायलाई व्यवस्थितरूपमा सञ्चालन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

“स्पा व्यवसायलाई समाजले हेर्ने दृष्टिकोण नकारात्मक छ, यसलाई चिर्नका लागि यस क्षेत्रमा कार्यरत कर्मचारीलाई आवश्यक तालिम प्रदान गरी व्यावसायिकरूपमा अगाडि बढाउन जरुरी छ”, नेता श्रेष्ठले भन्नुभयो । सरकारले दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने उहाँको भनाइ थियो ।

काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले मुलुकको अर्थतन्त्रको बलियो आधार स्पा क्षेत्र भएकाले यसलाई मर्यादित ढङ्गले सञ्चालन गर्नुपर्ने बताउनुभयो । “स्पा क्षेत्रमा भएको विकृति विसङ्गति अन्त्यका लागि स्पा सङ्घले पहल गर्नुपर्छ”, उहाँले भन्नुभयो । स्पा व्यवसायलाई व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गर्न वडा कार्यालय तयार रहेको उहाँको भनाइ थियो ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले पर्यटन र स्पा व्यवसायलाई सँगसँगै अगाडि बढाउनुपर्ने बताउनुभयो । पर्यटन व्यवसायी कर्ण शाक्यले अलग, फरक र मौलिकपन भए मात्र पर्यटन प्रवर्द्धन हुने बताउनुभयो । “अहिले संस्कृति र प्रकृतिमार्फत मुलुकको पर्यटन प्रव्द्धन गरिँदै छ, अब स्पामार्फत पर्यटन प्रवर्द्धनमा लाग्नुपर्छ”, उहाँले भन्नुभयो । स्पा व्यवसायी रामदेव महतोले प्राकृतिक आयुर्वेद चिकित्साको रुपमा स्पा क्षेत्रलाई सरकारले अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

स्पा सङ्घ नेपालका अध्यक्ष शुभलाल थिङले स्पा क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न सङ्घ लागिपरेको बताउनुभयो । विसं २०७८ मा स्थापना भएको सङ्घमा हाल दुई दर्जनभन्दा बढी स्पा व्यवसायी आबद्ध छन् । कार्यक्रममा स्पा क्षेत्रमा लामो समय योगदान दिनुभएका काठमाडौँ स्पाका सञ्चालक निलप्रसाद मिश्र र रियल थेरापी तथा ब्यूउटी प्वाइन्टका सञ्चालक भविश्वर शर्मा र ट्याङ्कुलिटी स्पाका सञ्चालक रामेश्वर फैजुलाई सम्मान गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ