नेपाललाई दोस्रो झड्का, कप्तान पौडेल आउट

नेपाललाई दोस्रो झड्का, कप्तान पौडेल आउट

  • बिहिबार, माघ २५, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौँ, २५ माघ । क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा नेपाललाई दोस्रो झड्का लागेको छ ।

टस जीतेर ब्याटिङ थालेको नेपालले उत्कृष्ट शुरुवात गर्नुका बाबजुद नेपालले शुरुवाती दुई विकेट गुमाएको छ । पहिलो विकेटका रुपमा १० औ ओभरमा ओपनर आशिफ शेख ८ रनमा आउट भएका थिए । त्यसपछि क्रिजमा आएका कप्तान रोहित पौडेल पनि १७ बलमा ८ रन मात्रै बनाउदा पेभिलियन फर्किएका छन् । ओपनर कुसल भूर्तेल भने विष्फोटक ब्याटिङ गर्दै अर्ध शतक बनाएर खेलिरहेका छन् ।

नेपालले यो खबर तयार पार्दा सम्म १६ ओभरमा २ विकेटको क्षतिमा ८० रन बनाएर खेलिरहेको छ ।

सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्याडनासँग पहिलो पटक एकदिवसीय औपचारिक खेल खेल्न लागेको हो । नेपालको प्लेइङ एघारमा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, सूर्य तामाङ, आसिफ शेख, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, रिजन ढकाल, ललित राजवंशी र सोमपाल कामी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ