काठमाडौँ, २५ माघ । क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा नेपाललाई पहिलो झड्का लागेको छ ।
टस जीतेर ब्याटिङ थालेको नेपालले उत्कृष्ट शुरुवात गरेपनि पहिलो विकेट पतन भएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा ओपनर आशिफ शेख ८ रन बनाउदा क्याच आउट भएका छन् । नेपालले यो खबर तयार पार्दा सम्म १० ओभरमा १ विकेट गुमाएर ५३ रन बनाएको छ ।
सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्याडनासँग पहिलो पटक एकदिवसीय औपचारिक खेल खेल्न लागेको हो । नेपालको प्लेइङ एघारमा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, सूर्य तामाङ, आसिफ शेख, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, रिजन ढकाल, ललित राजवंशी र सोमपाल कामी छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline