नेपालले आजबाट क्यानडासँग एक दिवसीय सिरिज खेल्दैछ । खेल कीर्तिपुर मैदानमा हुनेछ । क्यानडासँग कुल तीन वटा एक दिवसीय हुनेछ । माघ २५, २७ र २९ गते सम्म तीन खेल खेलिनेछ ।
यस पटक नेपाली प्रशिक्षक मोन्टी देशाईले आकाश चन्द, सूर्य तामागं , हेमन्त धामी र रिजन ढकाललाई मौका दिएका छन् । उनीहरु यू १९ विश्वकप र प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका कारण राष्ट्रिय टिममा अवसर पाएका हुन् ।
यो सिरिजमा करण केसी, गुल्सन झा लगायत केहीलाई आराम दिईएको छ ।
उनीहरु विश्व लिग डिभिजन २ को त्रिकोणात्मक सिरिजमा भने अटाएका छन् । सो लिगमा नेपाल, नामिविया र नेदरल्याण्डस्बीच खेल हुनेछ ।
क्यानडाका मुख्य प्रशिक्षक नेपाली टिमलाई पहिलो पटक विश्वकप पुर्याएका पुवुदु दाशानायके छन् । अर्कोतिर क्यानडाको टिमलाई प्रशिक्षित गरीसकेका मोन्टी देशाइ नेपाली टिमको प्रशिक्षक छन् अहिले । अतः यो सिरीज दुबै टिमका कोचहरुको प्रतिस्पर्धाका रुपमा पनि हेरिएको छ ।