सर्लाहीमा सवारी दुर्घटनामा नापी कार्यलय प्रमुख सहित ११ घाईते

सर्लाहीमा सवारी दुर्घटनामा नापी कार्यलय प्रमुख सहित ११ घाईते

  • मङ्लबार, माघ २३, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

मलङ्गवा । सर्लाहीको मलङ्गवा नगरपालिका-११ गम्हरिया स्थित मलङ्गवा नवलपुर सडक खण्डमा सवारी दुर्घटना हुँदा नापी कार्यालय प्रमुखसहित ११ जना घाइते भएका छन्। ४ जनाको अवस्था गम्भीर रहेको छ ।

मलङ्गवाबाट नवलपुरतर्फ जाँदै गरेको उखु बोकेका ज २ त १०६७ नम्बरको ट्याक्टरमा सोही दिशाबाट जाँदै गरेको बी आर ०६ पी डी ९६४८ नम्बरको सफारीले ठक्कर दिंदा दुर्घटना भएको हो । घाइते सबैजना सफारीमा सवार थिए ।

दुर्घटनामा परी गम्भीर घाइते हुनेमा नापी कार्यालय प्रमुख ४५ वर्षीय संजय मान्नधर, ३० वर्षीय बैजु यादव, अन्दाजी ५३ वर्षीय बिनोद घिमिरे र ३५ वर्षीय रामलाल साह रहेका छन्। त्यस्तै २४ वर्षीय संजित यादव, ३० वर्षीय रिटेन यादव, ५० वर्षीय बैधनाथ पटेल, ३४ वर्षीय रामबाबु यादव, २९ वर्षीय दिपेन्द्र यादव, २४ वर्षीय सहिद अनवर र २५ वर्षीय अजय यादव घाइते भएका छन्।

घाइतेहरुलाई प्रदेशिक अस्पताल मलङ्वामा समान्य उपचार पश्चात् थप उपचारका लागि वीरगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ